logo
२०८१ बैशाख ८ शनिवार



पुलचोकमा ट्राफिक प्रहरीलाई हातपात गर्ने ६ जनामा सङ्क्रमण

खुला |


पुलचोकमा ट्राफिक प्रहरीलाई हातपात गर्ने ६ जनामा सङ्क्रमण
फाइल तस्बिर


मुकुन्द गैरे
काठमाडौँ, भदौ २२ गते । ललितपुरको पुलचोकमा बिहीवार रथ तान्ने क्रममा ट्राफिक प्रहरीलाई हातपात गरेको अभियोगमा पक्राउ परेका मध्ये ६ जनालाई कोरोना संक्रमण देखा परेको छ ।
उनीहरूमा कोरोना भाइरसको पुष्टि भएको जानकारी ललितपुर महानगरीय परिसरका डिएसपी सन्तोश तामाङले गोरखापत्र अनलाइनलाई दिनुभयो । विहीवार झडप हुँदा एक ट्राफिक प्रहरी घाइते हुनुभएको थियो ।

मत्यसेन्द्रनाथकाे रथ तान्ने क्रममा प्रहरीसँगकाे झडपमा डिउटीबाट माेटरसाइकालमा आउँदै गरेका ट्राफिक प्रहरीमाथि केही युवाले कुटपिट गरेकाे भिडियाे समाजिक सञ्जजालमा राखिए पछि त्यसकाे निकैआलाेचना भएकाे थियाे । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप