logo
२०८१ मंसिर १४ शुक्रवार



मोटरबाट खेतमा सिंचाई गर्दा करेन्ट लागेर महिलाको मृत्यु

खुला |
समाज |


मोटरबाट खेतमा सिंचाई गर्दा करेन्ट लागेर महिलाको मृत्यु


शिवशंकर मिश्र
बारा, भदौ २४ गते । धान खेतमा सिंचाईको लागि जडान गरिएको मोटर भएको चापाकलमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका वडा नम्बर १० देवापुरटेटा टोल बस्ने ५५ वर्षीया झलिया दुसादिन पासवान रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
दुसादिनले आर्दश कोतवाल गाउँपालिका वडा नम्बर ८ स्थित रहेका धान खेतमा सिंचाई गर्न जडान गरेका मोटरले पानी दिन छोडेपछि चापाकल चलाउन खोज्दा बुधबार दिउँसो साढे १२ बजे करेन्ट लागेर उहाँको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी नायब निरीक्षक माधव प्रसाद पुडासैनीले बताउनुभयो ।
बिगत तीन दिनदेखि दुसादिनले सोही खेतमा मोटरबाट पानी सिंचाई गर्दै आएका थिए । मृत्तक महिलाको शव जिल्ला अस्पताल कलैयामा परिक्षण गरी परिवारजनको जिम्मा लगाईएको बाराका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पगेलीले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?