लीला झापाली
बिर्तामोड, भदौ २७ गते । झापाको शिवसताक्षी नगरपालिका ८ का ३५ वर्षीय महेन्द्र शेर्माको करेन्ट लागेर मृत्यु भएको छ ।
शुक्रबार दिउँसो साँढे ३ बजेको समयमा घर छेउमै रहेको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका शेर्मालाई उपचारको लागि दमकको लाईफ लाईन अस्पताल लगिएकोमा त्यहाँ पुग्नासाथ मृत्यु भएको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । पछिल्लो समय झापाका नदी तथा खोल्सीहरुमा करेन्ट लगाएर माछा मार्नेक्रम बढेसँगै करेन्ट लागेर मानिसको मृत्युका घटना हुन थालेका हो ।