गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २७ गते । पाँच वर्ष अघिको भूकम्पका बेला अस्थायी बसोबासका लागि निकै उपयोगी मानिएको सानो घर आकारको पाँच हजार थान त्रिपाल चीनले नेपाललाई सहयोग स्वरुप उपलब्ध गराएको छ ।
छिमेकी देशलाई कोरोना महामारी र अन्य प्रकृतिक विपत्तिसँग जुद्धन सहयोग गर्ने चिनियाँ प्रतिवद्धता अनुरुप नेपाललाई सो सहयोग उपलब्ध गराएको काठमाडौंस्थित चिनियाँ दूताबासले जनाएको छ ।