गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २७ गते । साँझ काठमाडौंको सडकमा हावाइजहाज गुडेको देखेपछि धेरै मानिस चकित भए । नेपाली सेनाको पुरानो एभ्राे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नारायणहिटी संग्रहालयमा लाने क्रममा सो प्लेनलाई मोटरको सहायताले तानिएको थियो ।
दुबैवटा पखेट झिकिएको सो विमान पुरानो भएकाले नारायणहिटी संग्रहालयमा राख्न विमानस्थलबाट सडकै सडक लगिएको थियो । विगतमा राजपरिवारका सदस्य विशेष गरी तत्कालीन राजा वीरेन्द्र सो विमान चढ्ने गर्नुहुन्थ्यो ।
तस्बिर : बिकास द्वारे