logo
२०८१ मंसिर १५ शनिवार



सशस्त्र प्रहरीको झापामा १७ वटा बीओपी रहने

खुला |


सशस्त्र प्रहरीको झापामा १७ वटा बीओपी रहने
दक्षिणी झापा गाउँपालिका सिमामा अस्थायी क्याम्प बनाएर सिमा सुरक्षामा खटिदै सशस्त्र प्रहरीका जवानहरु


 

बिर्तामोड समाचारदाता
बिर्तामोड, भदौ २९ गते । झापामा यसै वर्ष नौ वटा नाकामा बोर्डर आउट पोष्ट (बिओपी) थपिने भएको छ । झापामा सीमा सुरक्षा तथा राजश्व चुहावट नियन्त्रमा उक्त सुरक्षा पोष्ट थप गर्न लागिएको सशस्त्र प्रहरी बल हेडक्वार्टर २ नम्बर गण झापाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले बताउनुभयो ।

सीमा सुरक्षाका लागि थप निगरानी बढाउन बीओपी थप्न लागिएको पाण्डेले बताउनुभयो । गणपति पाण्डेका अनुसार थपिएका बीओपी सहित झापामा यस वर्षबाट १७ वटा बीओपी हुनेछन् । नयाँ बीओपीका लागि जग्गा प्राप्तिको प्रकृयामा जुटेको जनाउँदै पाण्डेले उपयुक्त स्थानमा जग्गा पाउन मुस्किल परिरहेको समेत बताउनुभयो ।

गणपति पाण्डेका अनुसार यस वर्ष पूर्वोत्तर झापाका तिरिङ, नकलबन्दा, सतीघट्टा, ज्यामिरगढी, दक्षिणतर्फ भद्रपुरको मेची पुलआसपास, महेशपुर, पाठामारी, पन्थापाडा र गौरदाहको आँपगाछीमा बीओपी थपिनेछ । काँकडभिट्टाको सशस्त्र प्रहरी राजस्व गुल्मलाई समेत बीओपीमा परिणत गरिएको छ ।

बीओपी थपिएपछि सीमा सुरक्षा तथा चोरी तस्करी नियन्त्रणमा थप सहयोग पुग्ने विश्वास गरिएको छ । हेडक्वार्टर २ नम्बर गण झापाको मातहतमा १३ सय सशस्त्र प्रहरी नेपाल भारत सीमा क्षेत्रको झापा खण्डमा कार्यरत छन् । खुल्ला सिमाना रहेका कारण चोरी तस्करीका घटना बढीरहेको सीमा क्षेत्र व्यवस्थापनमा महत्वपूर्ण भूमिका रहने सशस्त्र प्रहरीको रचनात्मक कार्यको अपेक्षा गर्दै सीमा आसपासका बासिन्दा सहयोग गरिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?