logo
२०८१ जेष्ठ १ मंगलवार



ओखलढुंगामा विद्युत लाईन मर्मत गर्ने क्रममा एक जनाको मृत्यु

खुला |


ओखलढुंगामा विद्युत लाईन मर्मत गर्ने क्रममा एक जनाको मृत्यु


मनोज भट्टराई

ओखलढुंगा, असोज ६ गते । ओखलढुंगामा विद्युत लाईन मर्मत गर्दा बुधबार बिहान मोलुङ् हाइड्रोका एक कर्मचारीको ज्यान गएको छ । लाइएन मर्मत गर्दा विद्युत सर्ट भएर उनको मृत्यु भएको हो ।

प्रहरीका अनुसार उक्त हाइड्रोका सुपर भाइजर मोलुङ्ग गाउँपालिका १ का परनेश खत्री हुन् । लाईन मर्मतका क्रममा रहेका उनलाई उद्दार गर्न नसकेका कारण ज्यान गएको हो । प्रहरीले अनुसन्धान थालेको प्रहरी निरक्षक मिलन वस्नेतले जानकारी दिनु भयो । उद्दार गर्ने अवस्था नहुँदा उनको ज्यान गएको हुनसक्ने स्थानीयको अनुमान छ ।

विद्युत पूर्ण रुपमा प्रवाह नरोकिइ मर्मतको काम गर्दा करेन्ट लागेको प्रहरीको प्राम्भिक अनुमान छ । जिल्लामा यस अघि पनि आयोजनाले र प्रधिकरणले सुरक्षामा ध्यान नदिदा प्रधिकरणका एक कार्मचारीको ज्यान गएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?