logo
२०८१ जेष्ठ १ मंगलवार



नवलपरासीमा गाडी खोलाले बगायो, चालक र गाडी बेपत्ता

खुला |


नवलपरासीमा गाडी खोलाले बगायो, चालक र गाडी बेपत्ता
सांकेतिक तस्बिर


होमराज रानाभाट

कावासोती असोज ८ गते । लगातार परिरहेको बर्षापछि आएको बाढीका कारण पूर्वी नवलपरासीमा सवारी साधन सहित एक जना बेपत्ता भएका छन् ।

गत बुधबार साँझ बिनयीत्रिबेणी गाउँपालिका वडा नं ३ स्थित सुनही खोला तर्ने क्रममा जिल्ला कावासोती नगरपालिका वडा नं ८ मा रहेको लालीगुँरास बेकरी उद्योगको ना ३ च १५९४ नम्बरको छोटा हात्ती गाडी र चालक कावासोती नगरपालिका वडा नं ८ नयाँ बजार बस्ने वर्ष २६ का नेत्र लाल भुर्तेललाई खोलाले बगाई बेपत्ता पारेको र हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँडले बताउनुभयो ।

सो खोलाले सोही गाडीमा सवार सेल्समेन(बिक्रेता) पश्चिम नवलपरासी बर्दघाट नगरपालिका वडा नं १६ कुकुरमारा बस्ने वर्ष ५३ का धनबहादुर गुरुङलाई स्थानियले सकुशल उद्दार गरेको, बेपत्ता भएको सवारी साधन र चालकको प्रहरी र स्थानिय द्वारा खोजतलास कार्य भईरहेको,हाल सम्म फेला नपरेको,प्रहरी नायब उपरीक्षक खाँडले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?