logo
२०८१ बैशाख २९ शनिवार



बाढीले क्षति बढ्दो, सय घर डुवानमा, ३५ घर भत्किए

खुला |
प्रदेश |


बाढीले क्षति बढ्दो, सय घर डुवानमा, ३५ घर भत्किए
रुपन्देहीको ओमसतियामा भएको डुवान । तस्विर ः दीपक ज्ञवाली


दीपक ज्ञवाली
बुटवल,असोज १० गते । निरन्तरको वर्षासंगै आएको बाढीले रुपन्देहीमा ठूलो क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यलय रुपन्देहीमा संकलन भएको पछिल्लो बिवरण अनुसार बाढिले अहिलेसम्म ३५ घर भत्काएको छ । त्यसमध्ये १७ घर बगाएको छ । ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्गबहादुर खत्रीले बाढिका कारण एक सयभन्दा धेरै घरहरु डुवानमा परेको र दर्जनौ घरपरिवार विस्थापित भएको बताउनुभयो । रुपन्देहीका तिनाउ र दानव नदी तथा बिभिन्न खोलाहरुमा आएको बाढिले क्षति पुर्याएको हो । बाढीले बुटवल ११ बुद्धनगर र तल्लो मझवा जोड्ने सडक समेत बगाएको छ ।
प्राप्त बिवरण अनुसार रुपन्देहीको सम्मरिमाइ गाउपालिका देबन्डीका पर्बावती मल्लाहको घर भत्किदा पांच जना घाइते भएका छन् । घाइतेहरुको भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ । त्यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १३ वडउलिया स्थित बलिराम हरीजनको घर भत्किदा २६ कि कुसुम हरीजन घाईते हुनुभएको छ ।
तिनाउ नदीमा आएको बाढीले बुटवल १७ रानीगन्ज र सुखौरा खोलामा आएको बाढीले तिलोत्तमा नगरपालिकाका दर्जनौं घरहरुमा क्षति पुगेको छ । त्यस्तै देवदह र लुम्बिनी सांस्कृतिक नगरपालिकामा पनि कयौं घरहरुमा क्षति पुगेको छ । डुबान र क्षतिको थप बिवरण संकलन हुने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?