logo
२०८१ जेष्ठ ७ सोमवार



लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

खुला |
लोकसेवा |


लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)


१. नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश–२०७७ कहिले जारी
भएको हो ?

 विक्रम संवत् २०७७ असोज १२ गते ।
– काठमाडौँ उपत्यकाको शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि गठित ‘महानगरीय प्रहरी कार्यालय’को नाम ‘सङ्घीय राजधानी प्रहरी’ बनाइएको ।
– यसअघि महानगरीय प्रहरी कार्यालयलाई बागमती प्रदेश प्रहरीअन्तर्गत रहनेगरी व्यवस्था गरिएको थियो ।
– ‘सङ्घीय राजधानी प्रहरी’को नेतृत्व प्रहरी नायव महानिरीक्षक
(डीआईजी)बाट हुने व्यवस्था गरिएको ।
– अध्यादेश जारी भएसँगै उपत्यकाको सुरक्षा जिम्मेवारीसम्बन्धी विषय टुङ्गिएको छ । जसअनुसार मूल ऐनको दफा १० (क) थप गर्दै भनिएको छ, ‘दफा ८ र ९ मा जुनसुकै कुरा लेखिएको भए पनि काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा प्रदेश प्रहरीको काम, कर्तव्य र अधिकारको प्रयोग तथा प्रदेश प्रहरीले अनुसन्धान गर्ने कसुरको अनुसन्धानसमेत नेपाल प्रहरीले गर्नेछ ।’
– नेपाल प्रहरीबाट सम्पादन हुने कामका लागि उपत्यकाका तीनवटै जिल्लामा नेपाल प्रहरीअन्तर्गतका प्रहरी कार्यालय रहनेछन् । यस्तै, अध्यादेशले नेपाल प्रहरीले अनुसन्धान गर्ने सूचीबाट अध्यागमनसम्बन्धी कसुर हटाएको छ ।
– महानगरीय प्रहरी सेवाअन्तर्गत अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालय, ट्राफिक महाशाखा, अपराध महाशाखा तथा जिल्लामा तीनवटा परिसरलगायतका कार्यालय रहेका थिए ।

२. दशकौँ पुरानो सीमा विवादलाई लिई आर्मेनिया र अजरवैजानबीच पुनः युद्धको सुरुवात कहिले भयो ?
 सन् २०२० सेप्टेम्बर २७ ।
– यी दुई पूर्व सोभियत गणराज्य विवादित नागोर्नो कारावाखलाई लिएर फेरि एकपटक युद्धको मैदानमा उत्रेका ।
– चार हजार ४ सय वर्गकिलोमिटरमा फैलिएको यो क्षेत्रमा आर्मेनियाली इसाई र मुस्लिम तुर्केली रहेका । अन्तर्राष्ट्रियस्तरमा यो अजरवैजानकै हिस्साका रूपमा लिइन्छ । तर, त्यहाँका बहुसङ्ख्यक आवादी आर्मेनियाली छन् । सन् १९८० को दशकको अन्त्यतिर सुरु भएर १९९० को दशकसम्म चलेको युद्धमा ३० हजारभन्दा बढीको मृत्यु भएको थियो भने १० लाखभन्दा बढी विस्थापित भएका छन् । यस युद्धमा पृथकतावादीले नागोर्नो कारावाखका केही भू–भागमाथि कब्जा गरेको थियो । यद्यपि, सन् १९९४ मा युद्धविरामपछि पनि यस क्षेत्रमा गतिरोध भने जारी छ ।

३. तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश– २०७७ कहिले जारी गरिएको हो ?
 विसं २०७७ असोज १२ ।
– अध्यादेशमा एसिड आक्रमण गरेमा २० वर्षसम्म कैद सजायँसहितका प्रावधान रहेका ।
– एसिड आक्रमण गर्नेको सम्पत्ति रोक्का गरेर पीडितलाई तुरुन्तै क्षतिपूर्ति उपलब्ध गराउने एवम् अनुहार, आँखा, नाक, कान, घाँटी तथा संवेदनशील अङ्गमा क्षति पुगेमा पीडकलाई २० वर्षसम्म कैद सजायँको व्यवस्था अध्यादेशमा रहेको ।
– शरीरको कुनै पनि भागमा एसिड परेमात्रै पनि १० वर्ष सजायँ भुक्तान गर्नुपर्ने व्यवस्था अध्यादेशमा रहेको ।
– एसिड बिक्रीका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमतिपत्र लिनुपर्ने, हरेक वर्ष अनुमतिपत्र नवीकरण गर्नुपर्ने, अन्य पेयपदार्थको बोतलमा एसिड राख्न नपाइने व्यवस्था पनि अध्यादेशमा रहेको । सिल गरिएको बोतलमा मात्र एसिड बेच्न पाइने र खुला रूपमा बिक्री–वितरण पूर्ण बन्देज गर्ने अध्यादेशले व्यवस्था गरेको ।
– बिक्रेताले आफूले ल्याएको एसिडको परिमाण खुल्ने परिचयपत्रको फाटोकपीसमेत राख्नुपर्ने, एसिड आक्रमण गर्नेको सजायँ मिनाहा गर्न नपाइने, एसिड आक्रमणका मुद्दालाई अदालतले प्राथमिकतामा राखेर किराना लगाउनुपर्ने, आक्रमणकारीबाट उपचार खर्च गराउनुपर्ने, जरिवानाबापतको रकम अदालतबाट फैसला भएको मितिले ३५ दिनभित्र दाखिला नगेर अपराधीको सम्पत्तिबाट असुल गर्नुपर्ने व्यवस्था अध्यादेशमा रहेको ।

४. पोखरा विश्वविद्यालयको उपकुलपतिमा को नियुक्त हुनुभयो ?
प्रा.डा. प्रेमनारायण अर्याल (२०७७ असोज) ।

५. अहिले सरकारले मुख्य सचिवमा कसलाई नियुक्त गरेको छ ?
 शङ्करदास वैरागी
– २०७७ असोज १५ को मन्त्रिपरिषद् बैठकले वैरागीलाई मुख्य सचिवमा नियुक्त गरेको । उहाँ यसअघि परराष्ट्र सचिवमा कार्यरत रहनुभएको ।
– पर्वत जिल्लामा २०२३ सालमा जन्मनुभएका वैरागीले २०४४ सालमा नायव सुब्बाबाट परराष्ट्र सेवा सुरु गर्नुभएको ।

६. प्रदेश १ मा सञ्चालनमा आएको पहिलो पाँचतारे होटल कुन हो ?
 होटल मेची क्राउन ।
– (एसियाली राजमार्गमा जोडिएको नेपालको पूर्वी सीमा मेचीनगरमा पर्यटकलक्षित पाँचतारे होटल सञ्चालनमा आएको ।)

७. नेपालमा विद्युतीय भुक्तानी प्रणालीको सुरुवात गर्ने पहिलो बैङ्क कुन हो ?
 नबिल बैङ्क ।

८. प्रकृति संरक्षण शिक्षालयको स्थापना कहाँ गरिएको छ ?
 कसरा, चितवन ।

९. मोबाइल उत्पादन गर्ने विश्वकै पहिलो कम्पनी कुन हो ?
 मोटोरोला (अमेरिका), सन् १९७३ अप्रिल ।

१०. साइकल सिटी घोषणा गरिएको नेपालको पहिलो नगर कुन हो ?
 धरान (विसंं २०६९ मङ्सिर १९) ।

१. कुन पर्वत क्षेत्रलाई मोडदार पर्वत क्षेत्र भनी चिनिन्छ ?
 महाभारत पर्वत ।

१२. मोडदार पहाडको माथि उठेको भागलाई प्रतिनति भनिन्छ भने तल भासिएको भागलाई के भनिन्छ ?
 सन्नति ।

१३. मध्यकालमा सुदूरपश्चिममा बाईसे राज्यहरू थिए भने मध्यक्षेत्रमा कस्ता राज्य थिए ?
 चौबीसे राज्य ।

१४. राम र सीताबीच कस्तो विवाह भएको थियो ?
 पराक्रम विवाह ।

१५. प्राचीनकालको ‘रामचरित्र मानस’ र आधुनिककालको ‘कुष्णायन’ कुन भाषाका प्रसिद्ध महाकाव्य हुन् ?
 अवधि ।

६. अन्तर्राष्ट्रिय न्यायालयमा कतिजना न्यायाधीशहरू रहने व्यवस्था छ ?
 १५ जना ।

१७. आनुवंशिक स्रोतमा पहुँच तथा तिनको उपयोगबाट प्राप्त हुने लाभको पारदर्शी र समन्यायिक बाँडफाँडसम्बन्धी नायोगा अभिसन्धिमा कहिले हस्ताक्षर भएको हो ?
 सन् २०१० अक्टोबर २९ (जापानको नायोगामा) ।
– नायोगा अभिसन्धि सन् २०१४ अक्टोबर १२ देखि कार्यान्वयनमा आएको ।
– यो सन्धिलाई नेपालले सन् २०१७ सेप्टेम्बर ४ मा अनुमोदन गरेको । सन्धि अनुमोदन गर्ने नेपाल १०१औँ राष्ट्र भएको ।

८. कुनै सैनिक गुटमा आबद्ध नभई, अन्तर्राष्ट्रिय शान्तिको मान्यतालाई आत्मसात् गरी तटस्थ रहने नीतिलाई के भनिन्छ ?
 असंलग्न नीति ।

१९. नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार सबैभन्दा बढी जनसङ्ख्या भएका पाँच सहर कुन–कुन हुन् ?
 क्रमशः काठमाडौँ, पोखरा, ललितपुर, विराटनगर र भरतपुर ।

२०. नाइजेरियामा गएको एक दशकमा आतङ्कवादी गतिविधिका कारण कति नागरिक बेपत्ता भए ?
 २२ हजार ।
– एक दशकअघि आतङ्कवादी सङ्गठन बोकोहरामले आक्रमण सुरु गरेदेखि हालसम्म करिब २२ हजार नाइजेरियाली नागरिक बेपत्ता भएका ।
– अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी)ले सन् २०१९ सेप्टेम्बर १२ मा सार्वजनिक गरेको प्रतिवेदनमा यो तथ्य उजागर भएको । यति ठूलो सङ्ख्यामा बेपत्ता नागरिकको सूची सार्वजनिक भएको यो पहिलो हो ।
– सन् २००९ देखि नाइजेरियामा बोकोहरामले सशस्त्र हिंसात्मक आन्दोलन चलाएको छ, जसकारण २७ हजारको मृत्यु भइसकेको छ भने करिब २० लाख मानिस विस्थापित भएका छन् ।

२१. नेपाल भाषाका महाकवि भनी कसलाई चिनिन्छ ?
 सिद्धिदास अमात्य ।
– (कवि व्यक्तित्वका साथै एक उच्चकोटिका विचारकका रूपमा समेत चिनिने महाकवि सिद्धिदासको २०७७ भदौ ३० मा १५३औँ जन्मजयन्ती मनाइएको । सिद्धि रामायण, सज्जन हृदयाभरनलगायतका महाकाव्यका सर्जक सिद्धिदासका ५० वटाभन्दा बढी कृति प्रकाशित भएका ।)

२२. नेपालको नयाँ राष्ट्रिय स्वास्थ्य नीति कहिले सार्वजनिक भयो ?
 विसं २०७६ असार १६ गते ।
– स्वास्थ्य सेवालाई सर्वसुलभ, प्रभावकारी तथा गुणस्तरीय बनाउन जनसङ्ख्या, भूगोल र सङ्घीय संरचनाअनुसार दक्ष जनशक्तिको विकास तथा विस्तार गर्ने उद्देश्यसाथ यो
नीति ल्याइएको ।
– यो नीति स्वास्थ्य प्रणालीको विकासको मार्गचित्रका
रूपमा रहेको ।

२३. लोकसेवा आयोगले कहिलेबाट लागू हुनेगरी अप्राविधिक तर्फका राजपत्रअनङ्कित प्रथम श्रेणी (नायव सुब्बा) र द्वितीय श्रेणी (खरिदार) पदका लागि प्रवेश परीक्षाको व्यवस्था गरेको हो ?
 आर्थिक वर्ष २०७२÷०७३ ।
– (लोकसेवा आयोगले हाल राजपत्राङ्कित तृतीय श्रेणी अर्थात् शाखा अधिकृत (अप्राविधिक) पदका लागि दुई चरणमा परीक्षा सञ्चालन गर्दै आएको छ ।)

२४. नेपाल सरकारद्वारा ‘हेलो स्वास्थ्य’ कार्यक्रम कहिलेदेखि सुरु गरिएको हो ?
 विसं २०६९ कात्तिक २९ गते ।

२५. सार्क राष्ट्रहरूमध्ये आफ्ना नागरिकलाई ई–पासपोर्ट उपलब्ध गराउने पहिलो राष्ट्र कुन हो ?
 माल्दिभ्स (सन् २००७) ।

२६. भारतको सुनौलीदेखि कालीगण्डकी हुँदै कोरला नाकामार्फत चीन जोड्ने मार्ग कालीगण्डकी करिडोरको लम्बाइ कति छ ?
 ४३५ किलोमिटर ।
– (करिडोर निर्माणले नेपाललाई दुवै छिमेकी देश भारत, चीन तथा तेस्रो देशसँग व्यापार विस्तारमा सहयोग पुग्ने
विश्वास गरिएको ।)

२७. मुलुकबाट सबै प्रकारका बालश्रम अन्त्य गरी बालश्रमरहित राष्ट्र बनाउने उद्देश्यअनुरूप बालश्रम निवारण राष्ट्रिय गुरुयोजना (२०७५–२०८५) कहिलेदेखि लागू गरिएको छ ?
 विसं २०७५ साउन १ ।
– विसं २०७५ असार २४ को मन्त्रिपरिषद्ले स्वीकृत गरी साउन १ देखि लागू भएको यो गुरुयोजनाले विसं २०७९ सम्ममा अमर्यादित र निकृष्ट बालश्रम र योजना अवधिमा सबै प्रकारका बालश्रम अन्त्य गर्ने लक्ष्य लिएको छ ।’

२८. ‘विजार्ड अफ नर्थ’ भनी क्यानडाका सर वाल्टर स्कटलाई चिनिन्छ भने ‘अङ्कल हो’ भनी कसलाई चिनिन्छ ?
 हो चि मिन्ह (भियतनाम) ।

२९. नेपालमा पहिलोपटक ‘टेस्टट्युब’ प्रविधिबाट शिशुको जन्म कहिले भयो ?
 विसं २०६१ फागुन २० (ओम हस्पिटल) ।
– (नेपालका प्रथम ‘टेस्टट्युब बेबी’ ओममणि तामाङ हुन् ।
– ‘आईभीएफ’ प्रविधिबाट नेपालमा हालसम्म पाँच सयजना भन्दा बढी टेस्टट्युब बेबीको जन्म भइसकेको छ । यो प्रणालीअनुसार पुरुषको शुक्रकीट र महिलाको डिम्ब झिकेर टेस्टट्युबमा कृत्रिम गर्भाधान गराउने र भ्रुणको विकासपछि महिलाको पाठेघरमा राखेर सन्तान जन्माउने गरिन्छ । विश्वमा पहिलो टेस्टट्युब बेबी ‘लुइस ब्राउन’को जन्म सन् १९७८ जुलाई २५ मा
भएको थियो ।)

३०. शक्ति संरक्षणको सिद्धान्त भन्नाले के बुझिन्छ ?
 शक्तिलाई एक रूपबाट अर्को रूपमा परिवर्तन गर्न सकिने तर उत्पन्न वा विनाश गर्न नसकिने ।
प्रस्तुतकर्ता : टङ्क केसी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?