नवीन शिशिर विक
बागलुङ, कात्र्तिक ३ गते । बागलुङमा नेपाली सेनाका दशसहित थप २० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जनप्रतिनिधि, नेपाली सेना, प्रहरी र सहकारीका प्रबन्धक तथा क्वारेन्टाईनमा रहेकालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा काठेखोला गाउँपालिका–५ बिहुँ घोडाबाँधेको अर्जुनवाण गणका कार्यरत ३६, ३७, ३४, ३४, ३५, ३६, ३१, २४, २३, र २१ ब्र्षिय पुरुष सैनिक, कोठेखोला गाउँपलिका–६ का ३६ बर्षिय पुरुष, जिल्ला प्रहरी कार्यालय बागलुङका ३३ वर्षीय एक पुरुष, बागलुङ नगरपालिका–२ का ३६, २६, १७ वर्षिय तीन पुरुष र ३५, १२ र ४७ वर्षीय तीन महिला, बानपा–१० का २४ वर्षीय महिला र ३७ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका महामारी फोकल पर्सन देवप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
उहाँले संक्रमितहरु मध्य एक जना जनप्रतिनिधि, एक जना बागलुङ बजारमा रहेको सहकारीका कर्मचारी, एक जना भारतदेखि आइ क्वारेन्टाइनमा बसेका व्यक्ति र अन्य संक्रमितहरुको कन्ट्याक टे«सिङमा परेकाहरु रहेको फोकल पर्सन घिमिरेको भनाइ छ ।
संक्रमितहरुम मध्य जनप्रतिनिधि महिला कोरोना संक्रमणको लक्षण देखिएपछि धौलागिरी अस्पतालको आइसोलेसन कक्षमा भर्ना भइ पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो भने बानपा–१० का ३७ वर्षीय पुरुष भारतदेखि आएर क्वारेन्टाइनमा बस्नुभएको थियो ।
संक्रमितहरुलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको फोकल पर्सन घिमिरले बताउनुभयो । बागलुङका कोरोना संक्रमणको कारण चार जनाले ज्यान गुमाएका छन् ।