logo
२०८१ मंसिर १५ शनिवार



बिजुली पुगेपछि बाजुरामा पानीघट्ट लोप हुँदै

खुला |
समाज |


बिजुली पुगेपछि बाजुरामा पानीघट्ट लोप हुँदै
परम्परादेखि अन्न पिस्न प्रगोग गर्दै आएका बाजुराका पानी घट्ट । तस्बिरः शेरबहादुर सार्की, बाजुरा



शेरबहादुर सार्की
बाजुरा, कात्तिक १५ गते । परम्परादेखि सञ्चालन हुँदै आएका बाजुराका अधिकाशं ठाउँका पानीघट्ट पछिल्लो समयमा लोप हुन थालेका छन् । पहिला देखि बाजुराको प्रत्येक गाउँका सञ्चालन हुँदै आएका पानीघट्ट लोप हुने अवस्थामा रहेका छन् ।
स्थानीय सरकारले पछिल्लो समयमा हरेक खोलाबाट विद्युत उत्पादन गर्दै गएको र विद्युत बलेसँगै गाउँमा पनि मिल सञ्चालन आउन थालेपछि पानीघट्ट लोप हुन थालेका हुन् ।

बाजुराका हरेक खोलामा चल्ने पानीघट्टमा कोदो, गहुँ, चामल र फापर पिसानी गर्दै आएका स्थानीयले पछिल्लो समयमा खोलामा पानी घट्टमा पीस्न छोडेर विद्युतीय मिलबाट पिसानी गर्न थालेपछि घट्ट लोप हुँदै आएको बूढीगङ्गा नगरपालिका ७ स्थानीय भगे सार्कीले बताउनुभयो ।
उहाँले भन्नुभयो, खोलामा पानी घट्ट बनाएर बावु बाजेले सोही पानीघट्टबाट नै आफ्नो जीविको पार्जन गर्दै आएका थिए । हामीले पनि त्यही घट्ट चलाएर नै पेट पाल्दै आएका थियौ । अहिले पछिल्लो समयमा गाउँमा विद्युत बलेसँगै मिल सञ्चालनमा आएपछि अव भने पेट पाल्न निकै समस्या हुने भयो ।

स्वामिकार्तिक, हिमाली, जगनाथ, गौमुल, छेडेदह, त्रिवेणी, बडिमालिका, बूढीगङ्गा नगर तथा गाउँपालिकामा रहेका खोलाबाट सञ्चालन भएका पानी घट्ट अहिले प्रयोगविहीन छन् ।
गाउँ गाउँमा नयाँ प्रविधिबाट मिल सञ्चालन हुन थालेपछि पानी घट्ट पनि प्रयोगविहीन भएका हुन् त्रिवेणी ४ का पुर्ण साँउदले बताउनुभयो ।
पहिला हामी अन्न पिसानी गरिदिए बाफत धुलो लिने गथ्र्यौ । अहिलेका मिल सञ्चालक धुलो नलिएर पैसा लिने गर्छन् । पैसा नहुनेका लागि अहिले अन्न पीस्न निकै समस्या भएको बुढीनन्दा ९ का दानबहादुर रोकायाले बताउनुभयो ।

पहिला ५ पाथी अन्न पीस्नु परेमा एक किलो पीठा घट्टमा पीसेवाफत भगारोलाई दिनु पर्दथ्यो, भने अहिले मिलमा पिसानी गरेबाफत प्रतिकिलोको रु चार रुपिँया तीर्नु परेको स्थानीय कल्लाने ल्वारले बताउनुभयो ।
पहिला पानी घट्टमा अन्न पिसानी गर्न जाँदा तुरुन्तै गेडा पीसेर घरमा आइन्थ्यो अहिले मिलमा लाइन लाग्नु परेको र पीठाे पनि त्यति राम्रो नभएको स्थानीयले गुनासो छ ।
घट्टमा पीसेको खस्राे हुने र मिलमा पीसेको मसिनाे हुने हुँदा धेरै भिन्नता रहेको छ । मिलमा पीसेको पीठाे भन्दा घट्टमा पीसेको पीठाे को स्वाद राम्रो आउने गरेको स्थानीय बुदी ल्वारले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?