logo
२०८१ जेष्ठ ७ सोमवार



लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

खुला |
लोकसेवा |


लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)


१. अस्ट्रेलियास्थित लबी इन्स्टिच्युटद्वारा सन् २०२० अक्टोबरमा प्रकाशित प्रतिवेदनअनुसार विश्वका सबैभन्दा शक्तिशाली (सुपर पावर) देशको सूचीमा परेका राष्ट्र कुन–कुन हुन् ?
 अमेरिका र चीन ।
– यो सूचीमा अमेरिका ८१.ं६ अङ्कका साथ शीर्षस्थानमा छ । त्यसैगरी चीन ७६.१ अङ्कका साथ दोस्रो स्थानमा छ ।
– अमेरिका र चीनलाई अङ्कका आधारमा महाशक्तिको दर्जा दिइएको छ भने तेस्रो स्थानमा रहेको जापानलाई प्रमुख शक्तिको दर्जामा राखिएको छ ।
– प्रमुख शक्ति राष्ट्रको दर्जा हासिल गर्न आवश्यक ४० अङ्क पाउन योपटक भारत चुकेको छ । ३९.७ अङ्क प्राप्त गरी मध्यशक्तिशाली (मिडल पावर्स) राष्ट्रको सूचीमा परेको छ भारत ।
– लबी इन्स्टिच्युटले हरेक वर्ष विश्वका प्रमुख देशको आर्थिक क्षमता, सैन्य क्षमता, आन्तरिक स्थिति, भविष्यको योजना, दोस्रो देशसँगको आर्थिक सम्बन्ध, डिफेन्स नेटवर्क (प्रतिरक्षा सञ्जाल), राजनीतिक तथा कूटनीतिक प्रभाव र साँस्कृतिक प्रभावको अध्ययन गरी यो सूची जारी गर्ने गरेको छ ।

२. नेपाल राष्ट्र बैङ्कबाट प्रकाशित तथ्याङ्कअनुसार २०७७ भदौ मसान्तसम्म देशभरका कति स्थानीय तहमा वाणिज्य बैङ्कको पहुँच पुगेको छ ?
 ७४७ ।
– अब छवटा स्थानीय तहमा मात्रै बैङ्किङ पहुँच पुग्न बाँकी छ ।
– नेपाल राष्ट्र बैङ्कबाट इजाजत प्राप्त बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्या २०७७ भदौ मसान्तसम्ममा १४९ पुगेको छ । यसअनुसार वाणिज्य बैङ्क ः २७, विकास बैङ्क ः १९, वित्त कम्पनी ः २१, लघुवित्त ः ८१ र पूर्वाधार विकास बैङ्क ः एक सञ्चालनमा छन् । बैङ्क तथा वित्तीय संस्थाको शाखा सङ्ख्या भदौ मसान्तसम्म नौ हजार ८५१ पुगेको छ ।

३. २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त रानीपोखरी र त्यसको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर पुनःनिर्माणपछि कहिले उद्घाटन गरियो ?
 विक्रम संवत् २०७७ कात्तिक ५ गते ।
– मल्लकालीन शैलीमा पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ताम्रपत्र अनावरण गरी उद्घाटन गरिएको छ । सो अवसरमा बालगोपालेश्वर मन्दिरको प्राणप्रतिष्ठा र क्षमापूजा पनि गरिएको छ । आफ्ना दिदीबहिनी नहुने दाजुभाइले तिहारमा त्यहाँ गएर भाइटीका लगाउने
चलन छ ।
– बालगोेपालेश्वर मन्दिर प्रताप मल्लकालीन ग्रन्थकुट शैलीमा पुनःनिर्माण गरिएको हो ।
– भूकम्प गएकै साल २०७२ माघ २ गते भूकम्प सुरक्षा दिवसको अवसरमा पुनःनिर्माणका लागि शिलान्यास गरिएको थियो ।
– सन्तान शोकमा डुबेकी आफ्नी रानीलाई शोकबाट मुक्त गराउन विसं १७२६ मा कान्तिपुरका तत्कालीन राजा प्रताप मल्लले रानीपोखरीको निर्माण गर्न लगाएका थिए ।
– जङ्गबहादुर राणाद्वारा बेलायत भ्रमणपछि गुम्बज शैलीमा बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण गरिएको थियो । १९९० सालको भूकम्पबाट मन्दिरको गजुर भत्केपछि जुद्धशमशेर राणाद्वारा गुम्बज शैलीमै यसको पुनर्निर्माण गरिएको थियो ।

४. विश्वको दुर्लभ जनावर रेडपान्डा अनुसन्धान केन्द्र कहाँ बन्ने भएको छ ?
 ताप्लेजुङ ।
– (हिमाली संरक्षण मञ्चको सहजीकरण र रेडपान्डा नेटवर्कको आर्थिक सहयोगमा रेडपान्डा अध्ययन अनुसन्धान केन्द्रको भवन निर्माण भइरहेको छ ।)

५. सन् २०२० मा सञ्चालित ‘ग्लोबल ई–कम्पिटिसन अन एस्ट्रोनोमी एन्ड एस्ट्रो फिजिक्स’मा ‘अनरेबल मेन्सन अवार्ड’ जित्ने नेपाली को हुनुहुन्छ ?
 राहुलरञ्जन शाह (सेन्ट जेभियर्स कलेज, माइतीघर) र अंशुराज सेढाईं (सीसीआरसी, कोटेश्वर) ।
– यो प्रतियोगिता २०७७ असोज ९ देखि कात्तिक ७ सम्म सञ्चालित भएको थियो ।
– व्यक्तिगत तथा सामूहिक विधामा सञ्चालित प्रतियोगितामा नेपालले व्यक्तिगततर्फ दुई अवार्ड हात पारेको छ ।
– प्रतियोगितामा नेपाललगायत ४० देशका व्यक्तिगततर्फ २७९ तथा सामूहिकतर्फ डेढ सयभन्दा बढीले सहभागिता जनाएका छन् ।

६. नेपालमा क्लिन फिड (विदेशी टेलिभिजन च्यानलहरूद्वारा विज्ञापनरहित कार्यक्रम प्रसारण)को व्यवस्था कहिलेदेखि
लागू भयो ?
 विसं २०७७ कात्तिक ८ मा ।
– नेपालमा हाल प्रसारित विदेशी टेलिभिजन च्यानलहरूले टेलिभिजन हेरेबापत ग्राहकबाट रकम पनि असुल्ने र विज्ञापन पनि समावेश गर्ने गरेको अवस्था थियो भने कात्तिक ७ पश्चात् विदेशी टेलिभिजनले कार्यक्रमबाहेक कुनै पनि प्रकारको विज्ञापन, लोगो, प्रोमो वा प्रमोसनहरू प्रसारण गर्न पाउँदैनन् ।
– विज्ञापन (नियमन गर्ने) ऐन–२०७६ को दफा ६ को उपदफा (१) अनुसार नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्नेछ ।
– नेपालमा प्रसारणको अनुमति लिएका विदेशी टेलिभिजनहरूले अबउप्रान्त डबिङ गरेरसमेत विज्ञापन गर्न पाउने छैनन् ।
– यसले नेपालको विज्ञापन बजारमा विस्तार गर्न मद्दत पुग्ने देखिएको छ । विदेशी विज्ञापन एजेन्सीहरूले नेपालमा नै विज्ञापन खिच्न आउनुपर्ने, नेपाली कलाकार र मोडलले स्थान पाउने, नेपाली उत्पादनहरू ब्रान्डिङ गर्न मद्दत पुग्ने देखिन्छ ।

७. लैङ्गिक समानता तथा महिला सशक्तीकरणसम्बन्धी संयुक्त
राष्ट्रसङ्घीय निकाय युएन वुमनको कार्यकारी बोर्ड सदस्यमा
नेपाल कहिले निर्वाचित भएको हो ?
 सन् २०१८ अप्रिल ।
– नेपाल पहिलोपटक यो संस्थाको बोर्ड सदस्यमा निर्वाचित (सन् २०१९–२०२१ का लागि) भएको छ ।
– बोर्ड सदस्यमा एसिया–प्रशान्त क्षेत्रबाट छनोट भएका अन्य राष्ट्रमा भारत, बङ्गलादेश, साउदी अरेबिया र मङ्गोेलिया छन् ।
– त्यसैगरी, आगामी तीन वर्षका लागि विकासका लागि विज्ञान तथा प्रविधि आयोगको सदस्यमा पनि नेपाल निर्वाचित भएको छ । आयोगमा एसिया–प्रशान्त क्षेत्रबाट नेपालसहित चीन, थाइल्यान्ड र इरान निर्वाचित भएका छन् ।

८. नेपाली सेनाद्वारा विसं २०७६ भदौ ११ मा सार्वजनिक गरिएको विस्तृत आयोजना प्रतिवेदनअनुसार काठमाडौँ–तराई दु्रत मार्ग
(खोकना–निजगढ)को लम्बाइ कति हुने उल्लेख छ ?
 ७२.५ किमि ।

९. नेपालको पहिलो खुला दिशामुक्त घोषित जिल्ला कास्की हो भने पहिलो खुला दिशामुक्त घोषित अञ्चल कुन हो ?
 धौलागिरि ।
– (त्यस्तै, पहिलो खुला दिशामुक्त घोषित गाउँ बन्दीपुर
(तनहुँ) हो ।)

१०. छैटौँ कृषि गणना २०६८ अनुसार सबैभन्दा बढी खाद्यान्न बाली उत्पादन हुने जिल्ला कुन हो ?
 मोरङ ।
– यो गणनाअनुसार सबैभन्दा बढी कृषिभूमि भएका (प्रमुख पाँच) जिल्ला मोरङ, झापा, सर्लाही, सिरहा र सुनसरी हुन् ।
– त्यस्तै, सबैभन्दा कम कृषिभूमि भएका जिल्ला मनाङ, मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला हुन् ।
– गणनाअनुसार सबैभन्दा बढी नगदेबाली उत्पादन सर्लाही, कोसेबाली÷तेलहनमा दाङ, तरकारी उत्पादनमा इलाम तथा सिँचित क्षेत्र पुगेको जिल्ला बारा हुन् ।
– कुल खेतीयोग्य जमिनमध्ये ५३.१२ प्रतिशतमा सिँचाइ सुविधा पुगेको छ ।
– आफ्नै कृषि उत्पादनले खान पुग्ने जनसङ्ख्याको हिस्सा ४४ प्रतिशत छ ।
– कृषिका लागि प्रयोग भएको जग्गा २५ लाख २५ हजार
हेक्टर छ ।
– कुल कृषक परिवार सङ्ख्या ३८,३१,००० छ ।
– छैटौँ कृिष गणनाको नतिजा विसं २०७० पुस ९ मा सार्वजनिक गरिएको ।

११. नेपालमा चिट्ठीमा टिकट टाँस्ने चलन कहिलेदेखि सुरु भएको हो ?
 विसं १९४४ असार ११ मा ।

१२. नेपालमा एसएलसी बोर्डको स्थापना कहिले भएको हो ?
 विसं १९९० कात्तिक १६ मा ।

१३. सर्वप्रथम एटीएम कार्ड सेवा सुरुवात गर्ने बैङ्क एभरेष्ट बैङ्क हो भने इन्टरनेट बैङ्किङ सुरुवात गर्ने बैङ्क कुन हो ?
 कुमारी बैङ्क ।
– (क्रेडिट कार्ड सुरुवात गर्ने पहिलो बैङ्क ः हिमालय बैङ्क)

१४. नेपालमा विद्युतीय भुक्तानी प्रणालीको सुरुवात गर्ने पहिलो बैङ्क कुन हो ?
 नबिल बैङ्क ।

१५. सार्वजनिक निकायले सेवाग्राहीलाई सूचना प्रदान गर्न अनिवार्य रूपमा सामाजिक सञ्जालको प्रयोेग गर्नुपर्ने व्यवस्था कहिलेदेखि लागू गरिएको हो ?
 विसं २०७५ साउन २८ मा ।

१६. बजेट तर्जुमाका लागि सातवटै प्रदेशमा मन्त्रालयगत बजेट सूचना प्रणाली प्रयोगमा ल्याउनेसम्बन्धमा मन्त्रिपरिषद्बाट स्वीकृति कहिले भयो ?
 विसं २०७६ वैशाख ५ मा (आर्थिक वर्ष २०७६÷०७७ देखि) ।

१७. नेपालले दोहोरो करमुक्ति सम्झौता गरेको पहिलो राष्ट्र कुन हो ?
 भारत (सन् १९८७ जनवरी १८ मा) ।
– हालसम्म नेपालले विभिन्न ११ राष्ट्रसँग करमुक्ति सम्झौता
गरेको छ ।
– दोहोरो करमुक्ति सम्झौता भएका देशहरू ः भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, नर्वे, थाइल्यान्ड, अस्ट्रिया, मौरिसस, कतार, दक्षिण कोरिया र चीन हुन् ।

१८. नेपाल सरकारद्वारा ज्येष्ठ नागरिक स्वास्थ्य बीमा कार्यक्रम तथा सबै नेपालीको बैङ्क खाता कार्यक्रम कहिलेदेखि सुरु गरिएको हो ?
 विसं २०७६ वैशाख १ मा ।

१९. नेपालमा पहिलोपटक बीउ एटीएमको सञ्चालन कहिले गरिएको हो ?
 विसं २०७६ साउन ७ मा ।
– पहिलो बीउ एटीएम ललितपुर महानगरपालिका परिसरमा सञ्चालनमा ल्याइएको छ ।
– यो बीउ एटीएमबाट तीन दर्जनभन्दा बढी प्रकारका तरकारी तथा फलफूल उपलब्ध गराइनेछ ।

२०. राष्ट्रिय विकास परिषद्–२०७५ को गठन कहिले गरिएको हो ?
 विसंं २०७५ चैत ८ मा ।

२१. सन् २०१८ मा आफूलाई औपचारिक रूपमा यहुदी राष्ट्र घोषणा गर्ने देश कुन हो ?
 इजरायल ।

२२. भिक्टोरिया ताल अफ्रिकामा पर्छ भने ग्रेट भिक्टोरिया मरुभूमि कहाँ पर्छ ?
 अस्ट्रेलिया ।

२३. जस्मिन क्रान्ति एवम् अरब स्प्रिङ ट्युनिसियासँग सम्बन्धित छ भने लोटस क्रान्ति कुन देशसँग सम्बन्धित छ ?
 इजिप्ट ।

२४.शीतकालीन युद्धका बेला अमेरिका र रूसबीच भएको क्षेप्यास्त्रसम्बन्धी सन्धिबाट अमेरिका कहिले बाहिरिएको हो ?
 सन् २०१९ फेब्रुअरी १ मा ।
– त्यस्तै, रूसले सन् २०१९ फेब्रुअरी २ मा सो सन्धिबाट बाहिरिएको घोषणा गरेको थियो । यो सन्धि सन् १९८७ मा भएको थियो ।
– मध्यम दूरीको परमाणु क्षेप्यास्त्रसम्बन्धी शीतकालीन सन्धि ‘इन्टरमिडियट
– रेन्ज न्युक्लियर फोर्स ट्रिटी’अन्तर्गत पाँच सय किमिदेखि पाँच हजार पाँच सय किमि
दूरीसम्म मार हान्न सक्ने क्षमताको भूमिबाट प्रहार गर्ने क्षेप्यास्त्रमा प्रतिबन्ध लगाइएको थियो ।

२५. भारतद्वारा अमेरिकी सामानमा अतिरिक्त कर लगाउन कहिलेबाट सुरु गरिएको हो ?
 सन् २०१९ जुन १६ मा ।

२६. हिमालयन इन्साइक्लोपेडिया उपमानबाट चिनिने व्यक्तित्व को हुन् ?
 एलिजावेथ हली ।

२७.मदर टेरेसालाई नोबल शान्ति पुरस्कार कहिले प्रदान
गरिएको हो ?
 सन् १९७९ मा ।

२८. ‘शान्तिको आरम्भ एउटा मीठो मुस्कानबाट हुन्छ’ भन्ने व्यक्तित्व को हुन् ?
 मदर टेरेसा ।

२९. जङ्गली जनावरबाट मानिस एवम् खेतिपातीको रक्षा गर्न लगाइएको विद्युतीय तारलाई के भनिन्छ ?
 एन्जाइवर ।

३०. उपग्रह नभएका ग्रह कुन–कुन हुन् ?
 बुध र शुक्र ।
– (सबैभन्दा धेरै उपग्रह भएको ग्रह ः वृहस्पति हो ।)
प्रस्तुतकर्ता : टङ्क केसी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?