logo
२०८१ मंसिर १४ शुक्रवार



कारागारका कैदीलाई पुस्तक उपलब्ध  

खुला |
समाज |


कारागारका कैदीलाई पुस्तक उपलब्ध  
फाईल तस्विर


अमरगढी,कार्तिक २६ गते। जिल्ला कारागारभित्रको पुस्तकालयका लागि नेपाल प्रेस युनियन डडेल्धुराले पुस्तक उपलब्ध गराएको छ । कैद भुक्तान गरिरहेकाहरुको अध्ययनका लागि किताब उपलब्ध गराइएको हो । बुधबार कारगारमै पुगी प्रेस युनियनका पदाधिकारीहरुले किताब कारागारलाई उपलब्ध गराएको थियो । कानूनसम्बधीका पुस्तकसँगै प्रेरणादायक, जीवनोपयोगी पुस्तक र भलिबल, नेट उपलब्ध गराइएको नेपाल प्रेस युनियन डडेल्धुरा शाखा सचिव पुष्कर भण्डारीले बताउनुभयो ।

 कानुनसम्बन्धी जानकारी र कैद भुक्तान गरिसकेपछि सामान्य जीवनमा उपयोगी किताबहरु कारागारलाई उपलब्ध गराइएको उहाँले बताउनुभयो । यसले ज्ञानआर्जनका साथै खाली समय व्यतित गर्न कैदीबन्दीहरु सहज हुने छ । बजेट अभावका कारण भौतिक पूर्वाधारलगायत कानूनप्रदत्त विषयवस्तुहरुको पूर्ति नभएको अवस्थामा किताब र खेल सामग्रीले कारागार कार्यालयको सेवा प्रवाहमा सहयोग पुगेको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम आचार्यले बताउनुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?