गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर १५ गते । पेट्रोल ट्याङ्करमा फल्स चेम्बर बनाई ठगी गर्ने दुई टयाङ्कर चालकलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको छ । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले हिजो प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएको हो ।
ईण्डियन आयल कर्पोरेशन बरौनी, भारतबाट पेटोल लोड गरी आएका बाराका अजय लामा र बाराकै बिकेश लामा इन्धन चोरी तस्करी गरी ठगी गरेको हुँदा कारबाही अगाडि बढाएको प्रहरीले जानकारी दिएको हो ।
केन्द्रीय अनुसन्धान ब्यूरो मार्फत थप अनुसन्धान गरी दोषीलाई कारबाही अगाडि बढाउन नेपाल आयल निगम लिमिटेडबाट पत्र आएको समेत विज्ञप्तिमा उल्लेख छ । चालकलाई काठकाडौंको महाराजगञ्जबाट मंसिर ११ गते पक्राउ गरिएको थियो ।