logo
२०८१ फाल्गुन २७ मंगलवार



विज्ञापन बोर्ड गठन,पाँच सदस्य नियुक्त  

खुला |


विज्ञापन बोर्ड गठन,पाँच सदस्य नियुक्त  
फाईल तस्विर


काठमाडौँ, मङ्सिर १५ गते। नेपालको सञ्चारक्षेत्रमा समग्र विज्ञापन नीतिनिर्माण गर्ने र नियमन गर्ने उद्देश्यले सरकारले पहिलो पटक विज्ञापन बोर्ड गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘राजधानी दैनिक’ प्रकाशनका अध्यक्ष महेन्द्रबहादुर शेरचन तथा पत्रकार शुभशङ्कर कँडेल, बलराम थापा, चन्द्र न्यौपाने र वन्दना दनुवारलाई बोर्ड सदस्यमा नियुक्त गरेको हो । बोर्ड सदस्यको कार्यकाल चार वर्षको रहनेछ ।    
 मन्त्रालयमा आज आयोजित कार्यmत्रममा सञ्चारमन्त्री पार्वत गुरुङले सबै सदस्यलाई नियुक्तिपत्र प्रदान गर्दै सफलतापूर्वक काम गर्न शुभकामना दिनुभयो । बोर्डमा अध्यक्ष खुलाबाट ल्याइने तथा गृह, उद्योग, वाणिज्य तथा आपूर्ति र सञ्चार मन्त्रालयका सहसचिव पनि सदस्य रहने व्यवस्था छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?