logo
२०८१ मंसिर ८ शनिवार



उपत्यकामा साइकल लेनको योजना

खुला |


उपत्यकामा साइकल लेनको योजना



नगेन्द्र सापकोटा

काठमाडौँ, मङ्सिर १७ गते । काठमाडौँ उपत्यकामा साइकल लेनको अभाव भइरहेका बेला काठमाडौँ र ललितपुर दुई ठूला महानगरपालिकाले साइकल लेनको अवधारणा कार्यान्वयनको तयारी थालेका छन् ।
सहरी सौन्दर्यको प्रतीकका रूपमा साइकल लेन निर्माण गर्ने योजनामा दुई महानगरपालिका जुटेका हुन् । दुवै महानगरपालिकाले उपत्यकाभित्र निर्माण भइरहेका सडकमा साइकल लेन निर्माण गर्न समेत उपत्यकाका अन्य नगरपालिकालाई आग्रह गरेका छन् । काठमाडौँ महानगरपालिकाले माइतीघरदेखि तीनकुनेसम्म साइकल लेन सञ्चालन गर्ने तयारी गरेको छ ।
हालको सडकमा रहेको साइकल लेनलाई भौतिक र संरचनागत सुधारसहित साइकल लेन व्यवस्थित गरिन लागिएको हो । विद्यमान सडकमा साइकल लेनको डिजाइन र निर्माण नै त्रुटिपूर्ण हुँदा साइकल यात्रीलाई अवरोध सिर्जना भएको छ । साइकल लेनको सञ्चालनसम्बन्धी गुरुयोजना बनाई माइतीघर–तीनकुने साढे दुई किलोमिटर सडकमा साइकल लेन सञ्चालनको सुरुवात गर्न लागिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले सहरी सौन्दर्य कायम हुने गरी साइकल लेन निर्माणको काम अगाडि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो, “हालको सडकमा रहेको साइकल लेनलाई भौतिक र संरचनागत सुधारसहित साइकल लेन व्यवस्थित गरिन लागेका हाँै, साइकल लेन निर्माणले महानगरपालिकाको सहरी सौन्दर्य कायम गर्न सहयोग पुग्छ ।”
ललितपुर महानगरपालिकाले भने गोदावरीदेखि शिवपुरीसम्मको ४० किलोमिटरको लामो दूरीमा साइकल लेन निर्माण गर्ने प्रस्ताव अगाडि सारेको छ । महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले गोदावरीदेखि शिवपुरीसम्म जोडिएका पालिकाको सिमानासम्म साइकल लेन निर्माण गर्ने र एक पालिकाले अर्को पालिकाको सीमासम्म साइकल लेन पु¥याउने गरी ललितपुर महानगरपालिकाले साइकल लेन निर्माण गर्न लागेको उहाँले बताउनुभयो । त्यस्तै ललिपतुर महानगरपालिकाको सिमाना जोडिएको गोदावरीसम्म महानगरपालिकाले साइकल लेन पु¥याउने र गोदावरी नगरपालिकाले त्यसलाई तानेर दक्षिण ललितपुरको सिमाना जोडिएको बोटानिकल गार्डेनसम्म पु¥याउने प्रस्ताव अगाडि सारेको प्रमुख महर्जनले बताउनुभयो ।

समस्या पनि छ
काठमाडौँ उपत्यकामा भएको साइकल लेन साइकल यात्रीले नभई पैदल यात्रुले प्रयोग गरिरहेका छन् । पैदल यात्रीका लागि छुट्याइएको बाटोमा भने गाडी तथा मोटरसाइकल पार्किङ गरिएको छ । साइकल लेनमा विभिन्न प्रयोजनका खम्बा, बिजुलीका पोल, प्रदूषण मापन गर्ने मेसिन, खाल्डाखुल्डीजस्ता अवरोध नै अवरोध छन्, जसका कारण साइकल यात्रीले यो लेन प्रयोग गर्न सक्ने अवस्था नरहेको काठमाडाँै महानगरपालिकाका प्रवक्ता डङ्गोलले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?