logo
२०८१ मंसिर १४ शुक्रवार



नयाँ अन्न चढाउँदै थारू समुदायको ल्वाड्डीपूजा घोडाघोडीमा

खुला |
समाज |


नयाँ अन्न चढाउँदै थारू समुदायको ल्वाड्डीपूजा घोडाघोडीमा



चाँदनी आचार्य
लम्की(कैलाली) पुस ४ गते । विश्व सिमसार क्षेत्र कैलालीको घोडाघोडी ताल क्षेत्रमा अवस्थित घोडाघोडी मन्दिरमा थारू समुदायको ल्वाड्डीपुजा शनिबार सम्पन्न भएको छ । हरेक वर्ष विवाह पञ्चमीको दिनमा गरिने उक्त पूजा विशेष गरेर नयाँ अन्न आफ्ना देउतालाई चढाएर पूजा गर्ने चलन छ । बलि दिने प्रथा समेत  छ । प्रत्येक वर्ष ल्वाड्डीपूजा तथा घोडाघोडी महोत्सव गर्दै आएकोमा यस वर्ष कोरोनाका कारण महोत्सव गरिएको छैन ।
ल्वाड्डीपूजाकै अवसरमा थारू समुदायको झाँकी, कला संस्कृति, भेषभूषा र खानेकुराको प्रदर्शन गरिँदै आएकोमा यसवर्ष भने उक्त कार्यक्रमहरु गरिएको छैन । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ जिल्लाबाट समेत भक्तजनको उपस्थिति हुने भए पनि यो वर्ष कुनै औपचारिक कार्यक्रम नगरी ल्वाड्डीपूजा गरिएको समिति संयोजक बुधराम चौधरीले जनाउनुभयो ।
संयोजक चौधरीले यो वर्ष घोडाघोडी नगरपालिका र बर्दगोरिया गाउँपालिकाकाका करिब ८५ गाउँका भल्भन्साहरुको उपस्थितिमा ल्वाड्डीपुजा सम्पन्न भएको बताउनुभयो । सीता विवाह पञ्चमीको अघिल्लो दिनको रात विभिन्न गाउँबाट थारू गुरुवा (झाँक्री)को उपस्थिति रहने र मुख्य गुरुवा धाक (काम्ने) बस्ने गर्दछन् । मुख्य गुरुवाले काम्दा काम्दै जिब्रो छेडेर देउतालाई भोग दिएपछि पशु बलि दिने गरिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?