logo
२०८१ फाल्गुन २२ बिहीवार



छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

खुला |


छुट्टाछुट्टै घटनामा दुईको मृत्यु


मान्म, पुस ६ गते । कालिकोटमा आज छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । माटोको ढिस्कोमा च्यापिएर कालिकोटमा पचालझरना गाउँपालिका–९ की १४ वर्षीया अम्बिका दर्जीको मृत्यु भएको छ ।

रास्कोट नगरपालिका–९ गामखेतस्थित फुगाड खोला माटो खन्ने क्रममा च्यापिएर दर्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी यक्षराज जोशीले बताउनुभयो ।

त्यस्तै रास्कोट नगरपालिका–९ मार्तडी भन्ने जङ्गलमा घास काट्न गएको अवस्थामा भीरबाट लडेर एकको मृत्यु भएको र मृतककाे पहिचान खुल्न नसकेको सूचना अधिकारी यक्षराज जोशीले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?