logo
२०८१ फाल्गुन २२ बिहीवार



च्याउफार्ममा आगलागी हुँदा ३३ लाखको क्षति   

खुला |


च्याउफार्ममा आगलागी हुँदा ३३ लाखको क्षति   


चन्द्रौटा, पुस ११ गते । कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा रहेको सृष्टि च्याउफार्ममा आज अपराह्न आगलागी भएको छ । च्याउफार्ममा लागेको आगोले फार्मका तीन टहरा जलेर पूर्णरूपमा नष्ट भएका छन् । उक्त टहरामा उत्पादन भएर टिप्न तयारी अवस्थामा रहेको पाँच हजार किलो च्याउ खरानी भएको फार्मका सञ्चालक श्यामराज सुवेदीले बताउनुभयो । उहाँले आगलागीका कारण करिब रु ३३ लाख बराबरको क्षति भएको जानकारी दिनुभयो ।    
    
“हामी काम गरिरहेका थियौँ, टहरा नजिकै बालबालिका थिए, एक्कासी आगो दन्कियो, आधा घण्टामै सखाप भयो, छिमेकीले र पानीको जोहो गर्दागर्दै सबै च्याउ नष्ट भयो”, सुवेदीले भन्नुभयो । फुसको टहरा भएकाले स्थानीय तथा प्रहरी पुग्दा आगोले नष्ट गरिसकेको थियो ।

बिक्रीका लागि तयार भएको च्याउ नष्ट भएपछि सञ्चालक चिन्तित भएका छन् । बालबालिका खेल्दै गर्दा आगो सल्किएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले बताउनुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?