logo
२०८१ मंसिर १३ बिहीवार



शाली नदी मेला माघ १५ गतेदेखि, स्वास्थ्य मापदण्ड अपनाउन व्रतालुलाई अनुराेध

खुला |
समाज |


शाली नदी मेला माघ १५ गतेदेखि, स्वास्थ्य मापदण्ड अपनाउन व्रतालुलाई अनुराेध



गोरखापत्र अनलाइन
काठमाडौं, माघ ८ गते । श्री माधवनारायण स्वस्थानी व्रत तथा शाली नदी मेला यही माघको १५ गतेदेखि शुरु हुने भएको छ ।
शाली नदी सुधार समितिले आज पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिइएको हो । कोरोनाको कारण गत वर्षमा एक महिना सम्म चल्ने भए तापनि यो पटक नियमित जस्तो गर्न नसकिने आयोजकको भनाइ छ ।
समितिका अनुसार यस वर्ष व्रतालुहरु व्रत बस्न खुल्ला रुपले आउन नपाउने बताएको छ । व्रतालुहरुले स्वास्थ्य मापदण्ड पूरा गरेर समितिको रेखदेख बस्नु पर्नेछ । व्रतालुहरुले १२ गतेसम्म नाम दर्ताका साथै अनिवार्य रुपमा माघ १३ गते सम्म समितिले तोकेको ठाउँमा पिसिआर/एण्टिजेन परीक्षण गराउनु पर्ने समितिले बताएको छ ।
शंखरापुर नगरपालिकाका नगर प्रमुख सुवर्ण श्रेष्ठले कोरोनाको जोखिम अझँै नहटेकाले आफ्नो स्वास्थ्यलाई ख्याल गरेर सुरक्षाको विचार पु¥याएर मात्र मेलामा आउन आग्रह गर्नुभयो ।
विगतमा एकैदिन पाँचलाखसम्म दर्शनार्थीको भीड भएको भए तापनि यस वर्ष कोरोनाको कारण दर्शनार्थीमा कमी आउने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?