शेरबहादुर सार्की
बाजुरा, माघ १० गते । बाजुराको बडिमालिका नगरपालिकाले प्रत्येक वडामा वडास्तरीय बाल क्लब पुनर्गठन तथा अभिमुखीकरण कार्यक्रम सञ्चाल गर्दै आएको छ ।
वडामा गठन गरिएका साविकका बाल क्लबलाई सक्रिय बनाउने गरी नगरपालिकाको महिला विकास शाखाले बडिमालिका नगरपालिकाका नौ वटै वडामा वडास्तरीय बाल क्लब पुनर्गठन तथा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको हो ।
बडिमालिका नगरपालिकामा उमेर नपुग्दै विवाह गर्नेको सङ्ख्या बढ्दै गइरहेकोले यसलाई न्यूनिकरण गर्न साविकका बाल क्लब पुनर्गठन गर्नुका साथै उनीहरुलाई चेतनाको विकास हुने गरी अभिमुखिकरण कार्यक्रम गर्दै आएको बडिमालिका नगरपालिकाको महिला विकास शाखाले जनाएको छ ।
वडामा सानो उमेरमै बालविवाह गर्नेको सङ्ख्या बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै यसको अन्त्यका लागि बालबालिकाहरुलाई जनचेतना फैलाउने गरी बडिमालिका नगरपालिकाको आयोजना र यूनिसेभको आर्थिक सहयोगमा यो कार्यक्रम सञ्चालन गरीएको बडिमालिका नगरपालिकाको महिला विकास शाखाको सहायक महिला विकास निरीक्षक बिन्दु बडालले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सानै उमेरमा बालविवाह विवाह गर्दा केटाकेटी दुबैको स्वास्थ्य मानसिक तथा शारीरिकरुपमा असर पर्ने भएकोले यसलाई रोक्नका लागि गाउँ गाउँमा चनचेतना फैलाउने गरी यो कार्यक्रम सुरु गरेको हो । बाजुराका अधिकाशं ठाउँमा बसोवास गर्दै आएका घरपरिवारका छोरा छोरी गरिबीका कारण उच् शिक्षा हासिल गर्न सक्दैनन् ।