शब्द दृश्य मनाेजरत्न शाही
काठमाडाैं, माघ १५ गते । बसन्तपुरमा बिहीबार माटोको घैंटो फुटाउने जात्रा सम्पन्न भएको छ । चाँगु नारायणबाट ल्याइएको कलशलाई हनुमानढोका परिसरमा ल्याएपछि उक्त घैंटाे फुटाई भगवानलाई अपसगुन देखाइने प्रचलन छ ।
हनुमानढोका पुगे पश्चात जीवित देवी कुमारीको आगमनपछि चाँगुनारायणबाट ल्याइएका लक्ष्मीनारायणको प्रतीक कलशलाई पूजाआजा गरी तलेजु भवानीको मन्दिर परिसरमा स्वागत गरिन्छ । तान्त्रिक विधिबाट पुजा गरिनुका साथै हनुमानढोका परिसरको मुल चोकमा हवन गरिन्छ ।
परापूर्वकाल चाँगुनारायण घुम्दाघुम्दै कान्तिपुरमा आइपुगेकाे अवस्थामा एक तान्त्रिकले नारायण भगवान भनी पहिचान गरिसकेपछि यस देशबाट बाहिर जान नदिन माटोकाे घैंटो फुटाएर अपसगुन भयाे भनेर बन्धक बनाइएको थियाे ।
यसरी आफूलाई बन्धक बनाएपछि कता जाने भनेर अन्यौलमा परेपछि तलेजु भवानीको मन्दिरभित्र बास बसेकाे किम्वदन्ती रहेकाे छ