logo
२०८१ मंसिर १३ बिहीवार



होचापुड्का व्यक्तिलाई लक्षित गरी नमुना वस्ती बनाइने

खुला |
समाज |


होचापुड्का व्यक्तिलाई लक्षित गरी नमुना वस्ती बनाइने



शिवा तामाङ
काठमाडाैंं माघ १४ गते । होचापुड्का र अपाङ्गता भएका व्यक्तिको सुविधाका लागि दक्षिणकाली नगरपालिकामा नमुना बस्ती ‘वामनधाम’ निर्माण हुने भएको छ । दक्षिणकाली नगरपालिका–९ स्थित सानीमहलमा पर्यटकीय नमुना गाउँ वामनधाम निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गर्ने काम भइरहेको छ ।
दक्षिणकाली नगरपालिकाका प्रवक्ता एवं सो बडा नं ९ का वडाध्यक्ष अम्बिका बलामीले नगरपालिकाले उपलब्ध गराएको ४५ रोपनी सार्वजनिक जग्गामा वामनधाम निर्माणको प्रक्रिया अगाडि बढेको जानकारी दिनुभयो । नेपालकै नमुना बस्ती निर्माणका लागि नगरपालिकाले जग्गासहित पानी, बिजुली, बाटो र डीपीआर बनाएर सहयोग गर्ने उहाँले बताउनुभयो ।
वामन देवताको मन्दिरसहित छुट्टै बस्ती निर्माण गरी असहाय तथा सहयोगको आवश्यकता भएका होचापुड्का समुदायलाई सहयोग गर्ने अभियानअन्तर्गत बस्ती निर्माणका लागि आवश्यक आर्थिक सहयोग जुट्ने क्रममा रहेको ‘वामनधाम तथा होचापुड्का आरक्षण केन्द्र’का अभियन्ता शारदाप्रसाद धितालले जानकारी दिनुभयो ।
यो बस्ती निर्माण भएपछि आफ्नै परिवारबाट अपहेलित तथा पढ्न नपाएका होचापुड्काको समस्या समाधान हुने होचापुड्का सङ्घका अध्यक्ष निर्मल मक्रातीले बताउनुभयो । नमुना घर बनाउन २० लाख रुपियाँ सहयोग गर्ने प्रतिवद्धतासहित नमुुना घरको शिलन्यास भइसकेको रोटरी क्लब अफ रुद्रमतीका डिस्ट्रिक गभर्नर राजिव पोखरेलले जानकारी दिनुभयो ।
सो बस्तीमा सार्वजनिक शौचालय निर्माणका लागि सो सङ्घलाई लाइन्स क्लव अफ काठमाडौँ सगुनकी प्रेसिडेन्ट सङ्गीता शर्मालगायतले नेपाल होचा पुड्का महिला सङ्घका अध्यक्ष सुन्दरी मिश्रलाई ५० हजार रुपियाँ सहयोग रकम हस्तान्तरण गरिएको छ । सङ्घका अनुसार देशभर करिब ३० हजार मानिस होचा–पुड्का रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?