logo
२०८१ मंसिर १३ बिहीवार



कुडुख भाषाको लेखनशैली निर्देशिका सम्बन्धी तीन दिने कार्यशाला सम्पन्न

खुला |
समाज |


कुडुख भाषाको लेखनशैली निर्देशिका सम्बन्धी तीन दिने कार्यशाला सम्पन्न



जयकृष्ण यादव
इनरुवा, माघ २० गते । सनुसरी सदरमुकाम इनरुवामा कुडुख भाषाको लेखन शैली निर्देशिका सम्बन्धी तिन दिने कार्यशाला सम्पन्न भएको छ । कुडुख भाषाका बारेमा लेखनशैली, वर्णविन्यासका बारेमा जानकारी दिने र त्यसको प्रचारप्रसार सेमत गर्नेगरी सुनसरीका २० जना उराँव अगुवाहरुलाई कार्यशालामार्फत अभिमुखिकरण गरिएको हो । कार्यक्रममा उराँवहरुको मातृभाषा कुडुखमा भाषा विज्ञहरुले निर्धारण गरेको व्यञ्जनवर्ण ३३ वटा र स्वरवर्ण ९ वटा रहेको जानकारी समेत दिइएको उरावँ अगुवा जयकुमार उराँवले जानकारी दिनुभयो । उराँव समुदायको मातृभाषा कुडुख भाषा भएको र त्यसको वर्णविन्यासमा केही समस्या रहेको बारेमा अध्ययन, अनुसन्धान गरेर व्यञ्जनवर्ण ३३ वटा र स्वरवर्ण ९ वटा निर्धारण गरेको उराँवले जानकारी दिनुभयो । अभिमुखिकरण कार्यक्रममा मातृभाषा केन्द्र नेपालका सुशिल सुब्बा, सुमन रर्लामी, छिरिगं पासाङ भोटे र बेचन उराँवसहितकाले प्रशिक्षण दिनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?