logo
२०८१ फाल्गुन १६ शुक्रवार



दलितमाथिको विभेद अन्त्य नभएसम्म समृद्धि सम्भव छैन : मुख्यमन्त्री राउत   

खुला |
प्रदेश |


दलितमाथिको विभेद अन्त्य नभएसम्म समृद्धि सम्भव छैन : मुख्यमन्त्री राउत   
फाईल तस्विर


धनुषा, माघ २३ गते । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले दलितमाथिको विभेद अन्त्य नभएसम्म विकास र समृद्धिको परिकल्पना सम्भव नरहेको बताउनुभएको छ । समता फाउण्डेशनले आज जनकपुरधाममा आयोजना गरेको समाजिक न्यायका लागि सबलीकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले प्रदेशको समृद्धि र विकासका लागि पछि पारिएका समुदाय दलित, महिला, मुस्लिमलगायतको उन्नति र विकासका लागि अनेकौँ योजना ल्याएको जनाउनुभयो । मुख्यमन्त्री राउतले प्रदेश सरकारले ल्याएका योजनाको प्रतिफल ५-१० वर्षपछि समाजले अनूभूति गर्ने बताउनुभयो ।    
    
 संविधानले सुनिश्चित नगरेको भए जनप्रतिनिधिमा उनीहरुको सहभागिताको परिकल्पनासमेत गर्न सक्दैन्थ्यो भन्दै उहाँले त्यसै कारण आफूहरु हरेक ऐन कानूनमा दलित महिला मुस्लिमलगायतका समुदायको पहुँचलाई सुनिश्चित गर्दै गएको जानकारी गराउनुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य चमेलीदेवी दास, दलित अगुवा भोला पासवानलगायतले सम्बोधन गर्नुभएको थियो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?