logo
२०८१ फाल्गुन १३ मंगलवार



नेपाल ब्रिअरी कम्पनी हाताभित्र आगलागी

खुला |


नेपाल ब्रिअरी कम्पनी हाताभित्र आगलागी
सांकेतिक तस्बीर


वाग्मती, फागुन २१ गते । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा औद्योगिक क्षेत्रमा रहेको नेपाल ब्रिअरी कम्पनी प्रालि (वियर उद्योग) हाताभित्र आज आगलागी भएको छ ।

उद्योग परिसरको पछाडिको खाली जग्गा भागमा रहेका विभिन्न पुराना मालसमान आगलागीबाट क्षति भएको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख एवं औद्योगिक क्षेत्र व्यवस्थापक राजेन्द्र कँडेलले जानकारी दिनुभयो । आगलागीका नियन्त्रणका लागि दुई वटा दमकल प्रयोग गरिएको थियो । क्षतिको विवरण आउन वाकी छ । आगलागीबाट ठुलो क्षति भएको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?