logo
२०८१ बैशाख १९ बुधवार



नेपाली सुरक्षा गार्ड पठाउने तयारी

खुला |


नेपाली सुरक्षा गार्ड पठाउने तयारी


सीता शर्मा

काठमाडौँ, फागुुन २५ गते । सन् २०२२ मा कतारमा हुन गएको विश्व कप फुटबल प्रतियोगिताका लागि आवश्यक पर्ने सुरक्षा गार्ड नेपालबाटै पठाउने विषयमा पहल भइरहेको बताइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले आइतबार एक कार्यक्रममा सुरक्षा गार्डमा जीटुजी सम्झौता गरेर नेपाली श्रमिक कतार पठाउने विषयमा नेपालका लागि कतारका राजदूतसँग एक÷दुुई चरण छलफल भएको जानकारी दिनुुभयो ।
उहाँले भन्नुुभयो, यस यसअघि कतारसँग गरेको सम्झौता संशोधन गर्नुुपर्छ । अब गरिने नयाँ सम्झौता जीटुुजीबाटै श्रमिक पठाउनुुपर्छ भन्नेमा हाम्रो जोड रहेको छ र यस विषयमा कतारका राजदूत पनि सकारात्मक हुुनुुहुन्छ ।
कतार श्रमिक पठाउने पुरानो श्रम समझदारीलाई नै संशोधन गरेर सरकारी तवरबाटै श्रमिक पठाउने गरी अब छिट्टै विज्ञसहितको टोलीसँग छलफल गर्ने तयारी भएको पनि मन्त्री चौधरीले जानकारी दिनुभयो ।
कतारको सुरक्षा गार्डमा पठाउने भन्दै केही समयअगाडि वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीले अवैध अन्तर्वार्ता लिएका थिए र ती म्यानपावरलाई वैदेशिक रोजगार विभागले कानुनअनुसार कारबाही पनि गरिसकेको छ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कुुमारप्रसाद दाहालले कतार र नेपाल सरकारबीच यसअघि भएको श्रम सम्झौता संशोधन गर्ने बेला भएकाले अबको नयाँ सम्झौता जीटुुजी गरेरै जानुुपर्छ भन्ने विषयमा छलफल भएको बताउनुुभयो । यसअघि कतारसँग गरेको श्रम सम्झौता बीटुुबी हो र यही माध्यमबाट नेपाली श्रमिक कतार पठाउने गरिएको छ ।
विभागका महानिर्देशक दाहालले कतारमा सुुरक्षा गार्डका लागि श्रमिक पठाउँदा जीटुुजीबाटै पठाउँदा श्रमिकलाई धेरै राम्रो हुुने बताउनुुभयो । उहाँले भन्नुुभयो, निजीस्तरबाट पठाउँदा श्रमिकको लाखौँ रुपियाँ खर्च हुुनसक्छ तर जीटुुजी गरियो भने दस हजार रुपियाँमै पठाउन सकिन्छ ।
म्यानपावरले निःशुल्क रूपमा श्रमिक पठाउन सक्ने अवस्था हुँदाहुँदै पनि अस्वस्थ प्रतिस्पर्धा तथा विदेशी तथा स्वदेशी एजेन्टको प्रभावमा परेर चर्को लागतमा श्रमिक पठाइरहेको पाइएको छ । श्रमिकको भर्ना र श्रमिकको सुरक्षासमेतमा धेरै सुधार गरेको कतारले विदेशी श्रमिकलाई आफ्नो देशमा श्रमिकको रूपमा ल्याउँदा निःशुल्क ल्याउन चाहिरहेको अवस्थामा नेपाल सरकारको पहललाई कतार सरकारले समेत सहजै स्वीकार गर्ने आशा गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?