गाेरखापत्र अनलाइन
काठमाडाैं, फागुन २५ गते । काठमाडौं महानगरपालिका वडा नं.७ कुमारीगालकी १०४ वर्षीया मनरुपा चौलागाईंले कोभिड १९ विरुद्धको खोप लगाउनुभएकाे छ
छोरा बुहारीका साथमा ॐ अस्पतालस्थित खोप केन्द्र आउनुभएकी उहाँले खाेप लगाउनुभएकाे हाे । उहाँका अनुसार विसं १९९० सालको भुँइचालो जाँदा १४ वर्पकी किशोरी रहेको बताउँदै त्यसताकाको राणाकालीन समयकाे इतिहास सुनाउनुभएकाे थियाे ।
विहान सबैर उठ्ने र नुहाई धुवाइ गरेर पूजापाठ भजन कीर्तन गर्ने उहाँ अहिले पनि चारतल्ले घरमा उक्लन र ओर्लन सक्नुहुन्छ । १० सन्तानकी आमालाई कोरोना महामारीका बारेमा पनि राम्रो जानकारी रहेकाे बताइएकाे छ ।
साे अवसरमा काठमाडौं महानगरपालिका वडा नं ७ का वडाध्यक्ष शुद्धकुमार डंगोलले वडाबासीहरु मध्येकी सबैभन्दा ज्येष्ठ नागरिक मनरुपालाई स्वागत गर्दै सुस्वास्थ्यको शुभकामना दिनुभयो ।