logo
२०८१ फाल्गुन ११ आईतवार



आर्थिक प्रलोभनमा नपरेका ट्राफिक प्रहरी पुरस्कृत   

खुला |


आर्थिक प्रलोभनमा नपरेका ट्राफिक प्रहरी पुरस्कृत   
तस्विरः रासस


काठमाडौँ, चैत १८ गते । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कार्य क्षेत्रमा खटिँदा आर्थिक प्रलोभनमा नपरेको भन्दै केही प्रहरीलाई पुरस्कृत गरेको छ । महाशाखाले आज उपत्यकाका विभिन्न क्षेत्रको ट्राफिक व्यवस्थापनमा खटिएका ३६ प्रहरीलाई पुरस्कृत तथा प्रशंसापत्र प्रदान गरेको हो ।    
    
पछिल्लो एक महिनाको अवधिमा नियम उल्लङ्घन गरे कारवाहीबाट बच्न घुस दिन खोज्ने झण्डै १५० चालकलाई पक्राउ गरी कारवाही गरेकाले उनीहरुलाई पुरस्कृत गरिएको महाशाखाले जनाएको छ ।

विगतमा प्रहरीलाई आर्थिक अनियमिततामा संलग्न हुन्छन् भन्ने आरोप आउने गरेकाले त्यसलाई चिर्नका लागि घुस फिर्ता अभियान चलाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार घुस फिता गरेर कारवाही हुने क्रम भने बढ्दै गएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?