logo
२०८१ फाल्गुन ११ आईतवार



सवारी दुर्घटनामा एकजनाको मृत्यु, तीन घाइते

खुला |


सवारी दुर्घटनामा एकजनाको मृत्यु, तीन घाइते


वाग्मती, चैत २३ गते । मकवानपुरको हेटाैंडा उपमहानगरपालिका–१० भुटनदेवी मोडमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा १७ वर्षीय सगुन रुम्वाको मृत्यु भएको छ । हेटाैंडा उपमहानगरपालिका–१० का निवासी उहाँको आज उपचारका क्रममा चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

साथै सोही दुर्घटनामा तीनजना घाइते भएको र उनीहरुको हेटौँडामा उपचार भइरहेको प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो । गएराति हेटौँडाको बुद्धचोकबाट कर्रातर्फ जाँदै गरेको ना४९प ६२२३ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना४१प ६४३६ नंको मोटरसाइकल भुटनदेवी मोडमा एकापसमा ठोक्किँदा सो दुर्घटना भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा घाइते भएकाहरु हेटौँडाका विज्ञान रुम्वा, विजय लामा र विक्रम लामा रहेको बताइएको छ । उपचारपछि रुम्वालाई प्रहरीले नियन्त्रणमा राखेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?