logo
२०८१ फाल्गुन १० शनिवार



चार्जमा राखेको मोबाइल  पड्किँदा  एक महिला गम्भीर घाइते

खुला |


चार्जमा राखेको मोबाइल  पड्किँदा  एक महिला गम्भीर घाइते
सांकेतिक तस्बीर


भोजपुर, चैत २७ गते । चार्जमा राखेको मोबाइल पड्किँदा एक महिला गम्भीर घाइते भएकी छिन् । भोजपुरको षडानन्द नगरपालिका–१० बस्ने ५३ वर्षीय सर्मिला तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।    
    
 तामाङको हात, छातीलगायत ठाउँमा गम्भीर चोट लागेको प्रहरीको भनाइ छ । घाइतेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  यसैबीच प्रहरीले दुई केजी गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले हतुवागढी गाउँपालिका–९ कोप्चेबाट २३ वर्षीय मनीष तामाङलाई पक्राउ गरेको हो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?