logo
२०८१ फाल्गुन ६ मंगलवार



एम्बुलेन्स दुर्घटनामा चालकको मृत्यु

खुला |


एम्बुलेन्स दुर्घटनामा चालकको मृत्यु


झापा, वैशाख २ गते । पूर्वपश्चिम राजमार्गस्थित शिवसताक्षी नगरपालिका–११ मा आज बिहान भएको एम्बुलेन्स दुर्घटनामा परी चालक २० वर्षीय उत्सव घिमिरेको मृत्यु भएको छ । काठमाडौँको गोदावरीस्थित मेक्ससिटी अस्पतालबाट इलाम बिरामी पु¥याएर फर्किने क्रममा बा२१च ७९८४ नंको एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना हुँदा ललितपुर गोदावरी नगरपालिका–७ बस्ने घिमिरेको मृत्यु भएको हो ।

एम्बुलेन्स दुर्घटना हुँदा उनीसँगै सवार सोही वडाका २० वर्षीय सन्तोष तामाङ गम्भीर घाइते थिए । दुवैलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा लगिएको थियो । घिमिरेको अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ भने घाइते तामाङको बीएण्डसीमै उपचार भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?