logo
२०८१ फाल्गुन १ बिहीवार



कोरोना सङ्क्रमणबाट नेका नगर सभापतिको निधन  

खुला |


कोरोना सङ्क्रमणबाट नेका नगर सभापतिको निधन  
सांकेतिक तस्बीर


फुङ्लिङ, वैशाख १० गते । नेपाली कांग्रेसका फुङ्गलिङ नगर सभापति शिवकुमार गुरुङ आज कोरोना सङ्क्रमणले निधन भएको छ । निमोनिया भएपछि उपचारका क्रममा आज बिहान ९ बजे बिएन्डसि हस्पिटल बिर्तामोडमा मृत्यु भएको पारिवारिक श्रोतले बताएको छ ।

पिसिआर परीक्षणमा ढिलाइ हुँदा सङ्क्रमितको मृत्युपछि मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो ।    
    
गुरुङको शवलाई झापामै अन्त्यष्टि गर्न आग्रहसमेत गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार आफन्तले गुरुङको शव ताप्लेजुङ नै ल्याउने प्रयत्न गरिएको हो । प्रजिअ पाण्डेका अनुसार शवलाई झापामै अन्त्यष्टि गर्नका निम्ति प्रजिअलगायत अन्य सरोकारवालासँग समन्वय भइरहेको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?