logo
२०८१ फाल्गुन १ बिहीवार



 हप्ता दिनपछि इन्टरनेट सेवा सुचारु  

खुला |
प्रदेश |


 हप्ता दिनपछि इन्टरनेट सेवा सुचारु  
फाईल तस्विर


सिमकोट, वैशाख १० गते । हुम्लाको सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्रमा एक हप्तादेखि अवरुद्ध बनेको इन्टरनेट सेवा आज दिउँसोबाट सञ्चालनमा आएको छ । कालीकोटको महाबुलेखमा रहेको रिपिटर टावरमा खराबी आउँदा अवरुद्ध बनेको इन्टरनेट सेवा मर्मतपछि आज अपराह्न ३ बजेदेखि सञ्चालनमा आएको हो ।     
    
 गत शनिबार बेलुकादेखि अवरुद्ध बनेको इन्टरनेट सेवा आजबाट सञ्चालनमा आउँदा जिल्लामा सञ्चालित एक दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थालाई सहज भएको छ । महाबुलेखमा प्राविधिक टोली पुगेर रिपिटर टावरमा बिग्रेको सामान काठामाडौँबाट ल्याएर जडान गरेपश्चात आजबाट इन्टरनेट सेवा सञ्चालनमा आएको दूरसञ्चार प्राधिकरण कार्यालय सिमकोटका उब्जन शाहीले जानकारी दिनुभयो ।    
    
 आज बिहान प्राविधिकको टोली महाबुलेख पुगी मर्मत गरेर इन्टरनेट सेवा सञ्चालन हुँदा जिल्लाका सञ्चारमाध्यमदेखि अन्य सेवाग्राहीलाई सहज भएको छ । इन्टरनेट नहुँदा राष्ट्रिय वाणिज्य बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाको कारोबारसमेत हप्ता दिनदेखि ठप्प थियो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?