logo
२०८१ माघ ३० बुधवार



महामारी रोकथामका लागि सम्पूर्ण शक्ति लगाउन निर्देशन   

खुला |
प्रदेश |


महामारी रोकथामका लागि सम्पूर्ण शक्ति लगाउन निर्देशन   
फाईल तस्विर


जनकपुर, वैशाख १७ गते । प्रदेश नं २ का मुख्यमन्त्री लालबावु राउतले कोरोना महामारीका विषयमा जानकारीका लागि आज आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग भर्चुअल सम्वाद गर्नुभएको छ ।    
    
 विगत केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्यामा निरन्तर रुपमा वृद्धि भइरहेकाले सोको अवस्था, रोकथाम र नियन्त्रणका लागि भइरहेको प्रयास तथा आगामी दिनमा प्रदेश सरकारले चाल्नुपर्ने कदमबारे सुझाव लिनका मुख्यमन्त्री राउतले सो सम्वाद गर्नुभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले जनाएको छ ।    
    
सो अवसरमा मुख्यमन्त्री राउतले कोरोनाको जाँचका लागि प्रदेश सरकारले आठवटै जिल्लामा पिसीआर मेसिन सञ्चालनमा ल्याइसकेको हुँदा जाँचमा समस्या नहुने बताउनुभयो । सो अवसरमा प्रजिअहरुले कोरोना महामारी नियन्त्रणका लागि आठवटै जिल्लामा ‘होल्डिङ सेन्टर’ निर्माण गर्नुपर्ने सुझाव दिनुभएको थियो ।    
    
भर्चुअल सम्वादमा प्रदेश सरकारका तर्फबाट प्रमुख सचिव गोकर्णमणि दवाडी, मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादवलगायतको सहभागिता थियो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?