logo
२०८१ बैशाख ७ शुक्रवार



अक्सिजन दुरुपयोग रोक्न उद्योगदेखि हस्पिटलसम्म प्रहरीको निगरानी

खुला |


अक्सिजन दुरुपयोग रोक्न उद्योगदेखि हस्पिटलसम्म प्रहरीको निगरानी


मुकुन्द गैरे 
काठमाडौँ, वैशाख २४ गते । सरकारले अक्सिजनको अभाव र दुरुपयोग रोक्न प्रहरीलाई ग्यास उद्योगमा खटाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले ग्यासको दुरुपयोग हुन नदिन ग्यास उद्योगबाट भरी सिलिण्डर हस्पिटलसम्म लैजाने र खाली सिलिण्डर हस्पिटलबाट काराखाना सम्म ल्याउदा प्रहरीको निगरानीमा भइरहेको बताउनुभयो ।
कोरोना सम्बन्धि अत्यावश्यक औषधि ग्यासको कालोबजारी गर्ने माथि अनुगमन पनि नियमित भइरहेको उहाँले बताउनुभयो ।
ग्यासको उचित व्यवस्थापनमा सहज गर्न र दुरुपयोग रोक्न प्रहरीले अक्सिजन उद्योगमा निगरानी बढाएको हो । केही दिन अघि गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्दै अक्सिजनको दुरुपयोग रोक्न र सही ठाउँमा उपयोग हुने गरी सुरक्षाको प्रबन्ध मिलाउन भन्दै परिपत्र गरेपछि यसको आवश्यक निगरानी प्रहरीले गरेको हो ।
उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको लिखित आग्रहपछि मन्त्रालयले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको थियो । सोही आधारमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले प्रहरी परिचालन गरिएको हो ।
यसअघि अक्सिजनको अभाव हुन थालेको भन्दै उद्योगीले सुरक्षाको माग गर्दै आएका थिए । हाल देभभर अक्सिजनका २४ उद्योग चलाएमान छन् । महानगरीय प्रहरी परिसर ललितपुरले जिल्लाका विभिन्न स्थानमा प्रयोग विहीन रहेका १ सय ५९ थान अक्सिजन सिलिण्डरहरु संकलन थियो ।
संकलन गरिएका अक्सिजन सिलिन्डरमध्ये डिसिसिएमसीको बैठकबाट निर्णय गराई तत्काल अति आवश्यक रहेका पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरलाई ५० थान, किस्ट मेडिकल कलेज ईमाडोललाई ३० थान, बज्रबाराही अस्पताल चापागाउँलाई १० थान र अल्का अस्पताल जावलकेललाई १५ थान अक्सिजन सिलिण्डर विरामीहरुको प्रयोजनका लागि बुझाइएको परिसरले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप