logo
२०८१ माघ २९ मंगलवार



सेतीमा उपचाररत सात सङ्क्रमितको मृत्यु   

खुला |
प्रदेश |


सेतीमा उपचाररत सात सङ्क्रमितको मृत्यु   
सांकेतिक


धनगढी, वैशाख २६ गते । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ७ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कैलालीका ४ र कञ्चनपुरका ३ जना सङ्क्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताउनुभयो ।    
    
श्रेष्ठकाअनुसार शनिबार कैलालीको लम्कीचुहा नगरपालिका–९ का ४२ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका–४ की ३५ वर्षीया महिला, धनगढी–१८ का ५० वर्षीय पुरुष र कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ की ६० वर्षीया महिलाको मुत्यु भएको हो ।    
    
यस्तै आइतबार नै कैलालीको गोदावरी नगरपालिका–२ का ५८ वर्षीय पुरुष, कञ्चनपुरको पुर्नवास नगरपालिका–११ का ७४ वर्षीय पुरुष र पुर्नवासकै वडा नम्बर ६ की ४२ वर्षीया महिलाको मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?