logo
२०८१ माघ २९ मंगलवार



कोरोना समुदायमा फैलिएपछि कञ्चनरुप नगरपालिका सिल 

खुला |
प्रदेश |


कोरोना समुदायमा फैलिएपछि कञ्चनरुप नगरपालिका सिल 


सप्तरी, वैशाख ३१गते । कञ्चनरुप नगरपालिकामा कोभिड–१९ को असमुदायमा फैलिएको जनाउँदै सिल गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले नगरपालिकाका सबै वडा सिल गरी मानिसको आवतजावत नियन्त्रण समेत गरिएको छ ।    
    
 नगरपालिकाले अत्यावश्यक सेवा बाहेक अन्य सेवा अगामी जेठ ६ गतेसम्म बन्द हुने जनाएको छ ।  कोरोना सङ्क्रममण दर तीब्र फैलिएकाले सबै वडा सिल गर्ने निर्णय गरिएको नगर प्रमुख बसन्त मिश्रले जानकारी दिनुभयो । नगरपालिकामा बिहीबार मात्र तीन जना सङक्रमितको मृत्यु भएको थियो ।

योसँगै मृतकको सङ्ख्या पाँच पुगेको छ । गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा बिहीबार कञ्चनरूप नगरपालिकाका ४८ को पिसिआर परीक्षण गरिएकामा ३७ सङ्क्रमित पाइएको अस्पतालले जनाएको छ । नगरपालिकामा मात्र १ सय २० जना सक्रिय सङ्क्रमित पुगेका छन् ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?