logo
२०८१ मंसिर १२ बुधवार



खिल्जी–असुरकोट आगलागी पिडितलाई सहयोग रकम हस्तान्तरण

खुला |
समाज |


खिल्जी–असुरकोट आगलागी पिडितलाई सहयोग रकम हस्तान्तरण


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ १० गते । खिल्जी –असुरकोट सेवा समाजको सक्रियतामा संंकलन गरिएको आर्थिक सहयोग रकम अर्घाखाँची भुमिकास्थान नगरपालिकाका खिल्जी असुरकोट फुलबारीका आगोलागी पिडित परिवारलाई हस्तान्तरण गरिएको छ ।

समाज र स्थानीयको सक्रियतामा जम्मा भएको आठ लाख ७४ हजार ६६५ रुपैयाँ रकम भुमिकास्थान ५ र ६ का वडा अध्यक्ष तुल्सिराम बेल्बासे र झबिलाल बन्जाडेको रोहबरमा हस्तान्तरण गरिएको खिल्जी असुरकोट सेवा समाजका प्रकाश बेल्वासेले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

आगलागीमा पिताराम श्रेष्ठ, वेद प्रसाद श्रेष्ठ, भुवन श्रेष्ठ, दाम प्रसाद श्रेष्ठ, जानका श्रेष्ठ, नन्द प्रसाद श्रेष्ठ, भिमलाल श्रेष्ठका घरगोठ, नगद, बस्तुभाउ, खाद्यन्न लगायत जलेर लाखौको नोक्सानी भएको थियो ।
आगलागी पिडितहरु छिमेकमा आश्रय लिएर बसेका छन् । पिडितहरुलाई थोरै भएपनी राहत होस् भनेर सहयोग जुटाएको समाजले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?