logo
२०८१ माघ २६ शनिवार



महिला सैनिक खटिए शव व्यवस्थापनमा   

खुला |
प्रदेश |


महिला सैनिक खटिए शव व्यवस्थापनमा   
फाइल तस्बिर


  काठमाडौँ, जेठ १० गते । नेपाली सेनाले कोभिड–१९ को सङ्क्रमबाट जिल्ला अस्पताल सल्यानमा मृत्यु भएका बागचौर नगरपालिका ७ का ६८ वर्षीय पुरुषको शव व्यवस्थापन गरेको छ ।    
  सल्यानमा अवस्थित सबुज गणमा कार्यरत सहसेनानी श्वेता पौडेलकाे नेतृत्वमा शव व्यवस्थापनमा महिला सैनिक टोली खटिनुभएको हो । जिल्लामा सङ्क्रमित मृतकका शव व्यवस्थापनमा पहिलो पटक महिला सैनिक खटिएको गणले जनाएको छ ।    
 गणपति कञ्चनकृष्ण बस्नेतले सैनिक नियम अनुसार शव व्यवस्थापनमा तालिम दिएर महिला सैनिक परिचालन गरेको जानकारी दिनुभयो । सोही गणले शारदा नगरपालिकाको आर्थिक सहयोगमा २५ शैयाकाे आइसोलेशन निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?