जयकृष्ण यादव
इनरुवा, जेठ २० गते । धरानमा ५६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सुनसरीको धरान उपमहानगरपालिका ११ आँपगाछीचोकका ५२ वर्षीय बले भनिने बलबहादुर थापालाई गिरफ्तार गरेको छ । सुस्त मनस्थितिकी महिलालाई जेठ १७ गते बलात्कार गरेको आरोप थापालाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । थापालाई गिरफ्तार गरेलगत्तै सुनसरी जिल्ला अदालतबाट जबर्जस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको इप्रका धरानले जनाएको छ ।
यता, इटहरीमा नौ वर्षीया बालिकालाई बलात्कार गर्ने सुनसरीको इटहरी उपमहानगरपालिका ३ स्थित सुनौलो बस्ती घर भएका गाइने भनिने ६७ वर्षीय भागिराज दमाईलाई गिरफतार गरिएको छ । इटहरीकी अपाङ्गता भएकी एक नौ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ६७ वर्षीय दमाईलाई गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय इटहरीका सूचना अधिकारी प्रहरी निरीक्षक केशवकुमार कट्वालले जानकारी दिनुभयो ।
उहाँका अनुसार अभियुक्त दमाईले जेठ १८ गते अपराहन्न ४ः३० बजे पीडित बालिकाको कोठामै गएर करणी गर्दै गरेको अवस्थामा छिमेकीले फेला पारेका थिए । बालिकालाई जबर्जस्ति करणी गरी फरार भएका उनलाई स्थानीयको सूचनाका आधारमा प्रहरीले जेठ १९ गते बिहान ८ः०० बजे इटहरी ३ स्थित धरधरे भन्ने स्थानमा लुकेर बसेको अवस्थामा गिरप्mतात गरेको इनिस्पेक्टर कट्वालको भनाइ छ ।
दमाईलाई सुनसरी जिल्ला अदालतबाट जबर्जस्ती करणी मुद्दामा म्याद थप गराई अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १९ गते इटहरी अस्पतालमा गरिएको छ । बाबुको मृत्यु भई आमाले समेत दोस्रो विवाह गरेकोमा पीडित बालिका इटहरीस्थित फूपुको घरमा बस्दै आएको प्रहरीको भनाइ छ ।