logo
२०८१ माघ २५ शुक्रवार



अष्ट्रेलिया सरकारबाट नेपाली  सेनालाई स्वास्थ्य सामग्री सहयोग

खुला |


अष्ट्रेलिया सरकारबाट नेपाली  सेनालाई स्वास्थ्य सामग्री सहयोग


काठमाडौँ, जेठ २२ गते । कोभिड–१९ को प्रतिकार्यका लागि नेपाली सेनाबाट खटिने स्वास्थ्यकर्मीका लागि आवश्यक स्वास्थ्य सामाग्री अष्ट्रेलिया सरकारले उपलब्ध गराएको छ ।    
बलाधिकृत रथी प्रभुराम शर्मालाई नेपालका लागि अष्ट्रेलियाका राजदूत फिलिसिटी जाने भोल्कले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित कार्यक्रममा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा रथी शर्माले अष्ट्रेलियाले गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । अष्ट्रेलियन एयर फोर्सको जहाजमार्फत स्वास्थ्य सामग्री आज स्वदेश ल्याइएको सेनाले जनाएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?