logo
२०८१ माघ २५ शुक्रवार



पूर्वमहालेखा परीक्षक अधिकारीको निधन

खुला |


पूर्वमहालेखा परीक्षक अधिकारीको निधन


काठमाडौँ, जेठ २७ गते । पूर्वमहालेखा परीक्षक नरकान्त अधिकारीको १०१ वर्षका उमेरमा आज बिहान आफ्नै निवास लैनचौरमा निधन भएको छ ।

निजामती सेवामा लामो अनुभव हासिल गर्नुभएका अधिकारी नेपाल सरकारका अर्थ, रक्षा र कृषि सचिव पनि हुनुभएको थियो । उहाँले नेपालको निजामती प्रशासन र धार्मिक विषयमा पुस्तकहरू पनि लेख्नुभएको छ । उहाँका दुई छोरा र एक छोरी हुनुहुन्छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?