logo
२०८१ जेष्ठ ६ आईतवार



 सुदूरपश्चिम र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

खुला |
प्रदेश |


 सुदूरपश्चिम र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना


गोरखमपत्र अनलाइन
काठमाडौँ, असार ६ गते । आज देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशभर मनसुनी वायुको प्रभाव छ भने, हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यूनचापीय रेखा अाएकाे छ ।
आज बिहान देशभर सामान्यदेखि पूर्णतया बदली रहेको र प्रदेश १, प्रदेश २ र सुदुरपश्चिम प्रदेश, कर्णालीको केही र बाँकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
मौसमविद् मिनकुमार आर्यलका अनुसार, मौसम विभागले आफ्नो सामाग्रीहरु प्रयोग गरी माैसम पूर्वानुमानकाे काम गरिरहेको छ । उहाँले भन्नुभयो,‘हाम्रो सूचना दिने काम हो दिइरहेका छौँ’ आज देशभर सामान्यदेखि पूर्ण बदली रहने र सुदूरपश्चिम र कर्णाली प्रदेशलगायतका प्रदेशमा ठूलो वर्षाको सम्भावना रहेको उहाँको भनाइ छ ।
आज प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन चट्याङसहित भारी वर्षा साथै प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?