logo
२०८१ मंसिर १२ बुधवार



त्रिवेणी गाउँपालिकाबाट किसानलाई भैंसी हस्तान्तरण

खुला |
समाज |


त्रिवेणी गाउँपालिकाबाट किसानलाई भैंसी हस्तान्तरण
त्रिवेणी गाउँपालिकाबाट किसानलाई भैंसी हस्तान्तरण, तस्विर – प्रतीक इच्छुक शर्मा



प्रतीक इच्छुक शर्मा
सल्यान, असार १३ गते । त्रिवेणी गाउँपालिकाले किसानलाई उन्नत जातका भैंसी उपलब्ध गराएको छ । त्रिवेणी गाउँपालिका र पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानको लागत साझेदारीमा त्रिवेणी गाई भैंसी पकेट समिति वडा न १,२ र ६ लाई ४७ वटा उन्नत भैंसी हस्तान्तरण गरिएको हो ।
पशुु अस्पताल तथा पशु सेवा कार्यालय सल्यान र त्रिवेणी गाउँपालिकाको साझेदारीमा किसानलाई व्यवसायिक बनाएर दुध उत्पादन बढाउन उन्नत जातका भंैसी वितरण गरिएको हो ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख कपिलप्रसाद उपाध्यायले दूधमा आत्मनिर्भर बनाउन र कृषिमा किसानहरुको आकर्षण बढाउन उन्नत जातका भैंसी उपलब्ध गराएको बताउनुभयो । उहाँका अनुसार पहिले घरमा दुईवटा भंैसी पाल्दै आएका किसानलाई भैंसी प्रदान गरिएको हो ।
त्रिवेणी गाउँपालिकाका ४५ किसानलाई करिब ४९ लाख ५० हजार बराबरका भैंसी वितरण गरिएको हो । त्रिवेणी गाउँपालिका उपाध्यक्ष करुणा खड्काले पशु अस्पताल तथा पसु सेवा कार्यालयको २० लाख, त्रिवेणी गाउँपालिकाको छ लाख र समितिको २३ लाख ५० हजारमा कार्यक्रम सञ्चालन भएको बताउनुभयो । उहाँका अनुसार भंैसीपालन समूहमा आवद्ध किसानलाई उन्नत जातको घाँस, तालिम, अन्र्तक्रिया र औषधी समेत वितरण गरिएको छ ।
त्रिवेणी गाई भैंसी पकेट समितिका अध्यक्ष मोतिलाल बुढाथोकीले परम्परागत पशुपालनलाई व्यवसायिक बनाउन उन्नत जातका भैंसी पालन थालेको बताउनुभयो । उहाँका अनुसार समूहमा आवद्ध किसानले उत्पादन गरेको दुध विक्रीका लागि त्रिवेणीमा रहेको डेरीमा विक्रीका लागि व्यवस्था गरिएको छ ।
त्रिवेणी गाउँपालिका पशु सेवा शाखा प्रमुख वसन्त रावतले किसानलाई व्यवसायिक बनाउन र किसानको आयस्तरमा वृद्धि गर्ने उद्देश्यसहित उन्नत जातका भंैसी वितरण गरिएको बताउनुभयो । उहाँका अनुसार वार्षिक जिउँदो पाँचवटा खसी बोका, मासिक दुई सय लिटर दूध विक्री गर्ने र मासिक दुई हजार अण्डा उत्पादन गर्ने किसानलाई ५० हजारसम्म अनुदान उपलब्ध गराउँदै आइरहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?