logo
२०८१ माघ २४ बिहीवार



चट्याङ्ग लागेर दुईको मृत्यु   

खुला |


चट्याङ्ग लागेर दुईको मृत्यु   



 जलेश्वर, असार १४ गते । वर्षासँगै परेको चट्याङ्ग लागेर मनरासिस्वा नगरपालिकामा दुई जनाको मृत्युभएको छ । मृत्युहुनेमा मनरासिस्वा वडा नं ४ साढा गाउँका प्रेमशिला देवी र वडा नं ५ कटैया गाउँका विशेश्वर राय छन् ।     
    
जिल्ला प्रहरी कार्यालयक महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार ५० वर्षीया देवीको घर नजिकै खेतमा राखिएको धानको बीउमा मल राखिरहँदा र ८० वर्षीय रायको गाउँ नजिक भैसी चराउँदै गरेका अवस्थामा आज विहान परेको चट्याङ्ग लागेर घटनास्थलमा नै मृत्युभएको थियो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?