logo
२०८० चैत्र १६ शुक्रवार



पर्सामा बाढीले चार घर भत्कायो, दर्जनौं घर डुबानमा, हुलाकी सडकमा समेत क्षति

खुला |


पर्सामा बाढीले चार घर भत्कायो, दर्जनौं घर डुबानमा, हुलाकी सडकमा समेत क्षति



दिपकप्रसाद गौतम
वीरगञ्ज, असार १६ गते । केही दिनदेखि परिरहेको अविरल वर्षाको कारण आएको बाढीले पर्सा जिल्लामा चार घर भत्किएका छन् भने दर्जनांै घर डुबानमा परेका छन् त्यस्तैगरी बाढीले भर्खरै निमार्ण भएको हुलाकी सडकमा केही क्षेत्रमा समेत क्षति पु¥याएको छ ।
पर्साको जीराभवानी गाउँपालिका वडा नम्बर १ पिपराका राजकुमार दास, ब्रहमदेव, दास, सनोज दास र महेन्द्र शर्माको फुसको घर लाटेगाँडा खोलामा आएको बाढी गाउँमा पसेर भत्किएका छन् भने सोही स्थानका एक दर्जनभन्दा बढी घर डुबानमा परेका छन् ।
खोलामा आएको बाढी गाउँमा पस्दा स्थानीय किशुन महतो, शंकर दास, जंगाली राय, शिवशंकर दास, खिचड़ी महतो लगायत १६ जनाको घर डुबानमा परेको इलाका प्रहरी कार्यालय सेढवाले जनाएको छ ।
त्यसैगरी अविरल वर्षासँगै आएको बाढीले डुबान र कटान गर्दा ठोरी गाउँपालिका धेरै घर डुबानमा परेका छन् । ठोरी गाँऊपालिका वडा नम्बर ३ को ब्रम्हानगर र नयाँवस्तीमा हुलाकी सडकबाट उत्तरतर्फ रहेका अधिकांश घर डुबानमा परेका छन् भने वडा नम्बर ४ को निर्मलवस्ती, आठघरे , मिलचोक , शान्तिटोल , सुन्दरटोल , बिजयबस्ती , विशालचोक , ट्याङ्गेलाईन लगायतका ठाउँका अधिकांश घरहरु समेत डुबानमा परेका छन् । ।
हुलाकी सडक र सडक किनारको नाला अग्लो बनाईएको र पानी निकासका लागि कल्भर्ट निमार्ण नगरिएकाले धेरै घर डुबानमा परेको बताईएके छ । वर्षापछि खोलामा आएको बाढीले खानेपानीको मुहानको पाइप बगाएपछि ठोरी गाँउपालिकाको वडा नम्बर ३ को बुद्धनगर र तल्लो रामनगरमा खानेपानी अभाव भएको छ । ओरीया खोलामा आएको बाढीले भर्खरै निमार्ण भएको हुलाकी सडकको ठोरी गाउँपालिकाको वडा नम्बर ४ को गोपीवस्तीमा सडक जोगाउन निर्माण गरिएको तटबन्ध बगाएर हुलाकी सडकमा क्षति पु¥याउन सुरु गरेको छ । सडक पेटी कटान गरिसकेको नदिले करिब १०० मिटर लम्वाईमा क्षति पु¥याउदै कालोपत्रे कटान गर्न थालेको छ ।
बाढीले पर्साका थुप्रै गाउँमा घरहरु डुबानमा परेको जानकारी आईरहेको र आफूले त्यसको विवरण लिने काम गरिरहेको पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले गोरखापत्रलाई बताउनु भयो । डुबान र कटानमा परेका क्षेत्रमा हुने सभ्भावित क्षति कम गर्न तथा उद्धार र राहतका विषयमा सरोकारवाला पक्षसँग जिल्ला विपद व्यवस्थापन समितिले छलफल गरिरहेको निमित्त प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?