logo
२०८१ माघ २३ बुधवार



सर्पको डसाइबाट महिलाको मृत्यु

खुला |


सर्पको डसाइबाट महिलाको मृत्यु
सांकेतिक तस्बिर


जलेश्वर, असार २३ गते । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–९ सिमरदही गाउँमा विषालु सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुशील सहनीकी २४ वर्षीया श्रीमती विभादेवी सहनी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।

सहनीलाई गएराति करिब ९ बजे खाना पकाउने क्रममा विषालु सर्पले टोकेको थियो । सर्पको डसाइबाट सिकिस्त भएकी उनलाई उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । शव परीक्षणको लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?