logo
२०८१ माघ २३ बुधवार



टिपरले पैदलयात्रीलाई ठक्कर दिँदा मृत्यु  

खुला |
प्रदेश |


टिपरले पैदलयात्रीलाई ठक्कर दिँदा मृत्यु  
सांकेतिक


 कास्की, असार २५ गते । पोखरामा सवारी दुर्घटनामा परी एकको निधन भएको छ । पोखरा महानगरपालिका–५ गणतन्त्र चोकमा ग १ ख ९७०३ नम्बरको टिपरले पैदलयात्री स्याङ्जा बिरुवा गाउँपालिका–४ घर भई हाल पोखरा–१७ बिरौटा बस्ने ४० वर्षीया रीता केसीलाई बिहीबार ठक्कर दिएको थियो ।    
टिपरको ठक्करपछि गम्भीर घाइते केसीलाई उपचारका लागि अस्पताल लगिएकामा उपचारका क्रममा आज मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक श्रवणुकमार विकले जानकारी दिनुभयो । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?